Translate

Friday, 24 April 2015

गजल

तिम्रो मेरो दुरि घट्दै छ दिलकाे ।
चलेको त्यो हुरि घट्दै छ दिलकाे ।

गर्थ्याै सधैं तिमी म प्रति शंका
अविश्वासकाे मुरि घट्दै छ दिलकाे ।

लाज लाथ्याे पहिले तिमिलाई भेट्दा
अचेल कुरिकुरि घट्दै छ दिलकाे ।

दिनदिनै तिमि खान आई दिँदा
प्रेमको पानिपुरि घट्दै छ दिलकाे ।

तिमिलाई छुँदा लठ्ठ हुन्थेँ पहिले
नशालु त्यो छुरि घट्दै छ दिलकाे ।

भने पछि तिमिले झुपडी नै ठिक छ
महलकाे  धुरि घट्दै छ दिलकाे ।

दिल भित्र बस्न तिमी आएपछि
साँच्चै चुरिफुरी घट्दै छ दिलकाे ।
दिपेन्द्र परिवर्तित
२०७२-१-१२

No comments:

Post a Comment