सायद मेरो गाउँकाे काली उस्तै हाेला ।
देवि देवता पुज्ने थाली उस्तै हाेला ।
फुल हजार फुले हाेलान दिलकाे बगैंचामा
तर त्यो बगैचाकाे माली उस्तै हाेला ।
तप्पतप्प पसिना चुहाउने किसानले
उही टारि खेतको आलि उस्तै हाेला ।
ठग्ने लुट्ने झुक्याउने साेझा साझालाई
त्यो गाउँकाे सामन्ती जालि उस्तै हाेला ।
खै के नै विकास भयाे हाेला र गाउँमा
त्यो उकाली अनि देउराली उस्तै हाेला ।
दिपेन्द्र परिवर्तित
२०७२-१-६
No comments:
Post a Comment