तिमिलाई पाउने आशमा छु म ।
आज अलि हतासमा छु म ।
कहिल्यै नशाेच एक्लै छु भनी
जहिल्यै तिम्रै पासमा छु म ।
आयाे भने मेराे याद धेरै
सम्झनु कि बतासमा छु म ।
भेट्न त अवश्य भेट हुन्छ
तर ठुलाे मासमा छु म ।
आखिर तिम्रो मान्छे न हुँ
त्यो हृदयको खासमा छु म ।
सदैव तिमिलाई जिवित राख्न
तिमिले फेर्ने सासमा छु म ।
दिपेन्द्र परिवर्तित
No comments:
Post a Comment