Translate

Thursday, 16 April 2015

गजल

भए सपना अधुरा जंघार तरे पछि ।
नदेखाउ भाे पाखुरा जंघार तरे पछि ।

घुमेकाे छ अझै पनि मेरो स्मृतिमा
भनेका ती केही कुरा जंघार तरे पछि । 

तिम्रो मेरो सँगसँगै बसाउने घरवार
हुन्न जस्तो छ पूरा जंघार तरे पछि ।

के नै भन्न सक्छु र म तिमलाई प्रिय
लगाई सिंदुर पाेते चुरा जंघार तरे पछि ।

किन कुरा काट्छेउ बेकार मेराे पछि बसि
लुते पनि हुन्छन् सुरा जंघार तरे पछि ।

झुटा आराेप लगाउँदै नानाथरी भन्दै
नचलाउ भाे दिलमा छुरा जंघार तरे पछि ।
दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment