सँगै स्कुल पढेको याद छ ।
बिस्तारै उकाली चढेको याद छ ।
बिहान सबेरै उठि कलेज जाँदा
खेतको आलिमा लडेको याद छ ।
शैक्षिक भ्रमणमा पाेखरा पुग्दा
त्यहीँ हाम्रो प्रित गडेकाे याद छ ।
बिग्रियाे पढाइ मेरो प्रेममा डुबेसि
आमाबाबुको सपना सडेको याद छ ।
दिपेन्द्र परिवर्तित
२०७२-१-२
No comments:
Post a Comment