Translate

Thursday, 30 April 2015

गजल

माया गर्छु तिमिलाई भन्दिए पुग्छ ।
जिन्दगी भरि सहारा बन्दिए पुग्छ ।

म बनाउँला त्यो हृदमा प्रेमको महल
केवल तिमिले घडेरी खन्दिए पुग्छ ।

चाँहिदैन मलाई  कुनै  चिज अरु
माय नै मायाको   मन्दिए पुग्छ ।

Friday, 24 April 2015

गजल

तिम्रो मेरो दुरि घट्दै छ दिलकाे ।
चलेको त्यो हुरि घट्दै छ दिलकाे ।

गर्थ्याै सधैं तिमी म प्रति शंका
अविश्वासकाे मुरि घट्दै छ दिलकाे ।

लाज लाथ्याे पहिले तिमिलाई भेट्दा
अचेल कुरिकुरि घट्दै छ दिलकाे ।

दिनदिनै तिमि खान आई दिँदा
प्रेमको पानिपुरि घट्दै छ दिलकाे ।

तिमिलाई छुँदा लठ्ठ हुन्थेँ पहिले
नशालु त्यो छुरि घट्दै छ दिलकाे ।

भने पछि तिमिले झुपडी नै ठिक छ
महलकाे  धुरि घट्दै छ दिलकाे ।

दिल भित्र बस्न तिमी आएपछि
साँच्चै चुरिफुरी घट्दै छ दिलकाे ।
दिपेन्द्र परिवर्तित
२०७२-१-१२

Thursday, 23 April 2015

मुक्तक

प्रेम गर्न आएसि झेलिहरु ।
निस्किए उपन्यासका ठेलिहरु ।

त्यसैले शहरमा याैन बेच्छन्
हाम्रो नवजवान चेलिहरु ।

मुक्तक

तिमी लागेसि बाटो ।
सम्झिएर मलाई लाटो ।

त्यसपछि लागियाे माओवादीमा
बाेकियाे बाँसको भाँटाे ।

गजल

तिमिलाई पाउने आशमा छु म ।
आज अलि हतासमा छु म ।

कहिल्यै नशाेच एक्लै छु भनी
जहिल्यै तिम्रै पासमा छु म ।

आयाे भने मेराे  याद धेरै 
सम्झनु कि बतासमा छु म ।

भेट्न त अवश्य भेट हुन्छ
तर ठुलाे मासमा छु म ।

आखिर तिम्रो मान्छे न हुँ
त्यो हृदयको खासमा छु म ।

सदैव तिमिलाई जिवित राख्न 
तिमिले फेर्ने सासमा छु म ।
दिपेन्द्र परिवर्तित

Tuesday, 21 April 2015

गजल

माया गर्छु तिमिलाई भन्नेहरु धेरै छन् ।
बनाए दिलकि रानी बन्नेहरु धेरै छन् ।

तिमी फर्कि नेपाल कहिले आउने  भन्दै
पर्खाइमा  दिनरात गन्नेहरु धेरै छन् ।

उसलाई माया नगरेको झाेकमा
मेरै खुइराे खन्नेहरु धेरै छन् । 

Sunday, 19 April 2015

गजल

सायद मेरो गाउँकाे काली उस्तै हाेला ।
देवि देवता पुज्ने थाली उस्तै हाेला ।

फुल हजार फुले हाेलान दिलकाे बगैंचामा
तर त्यो बगैचाकाे माली उस्तै हाेला ।

तप्पतप्प पसिना चुहाउने किसानले
उही टारि खेतको आलि उस्तै हाेला ।

ठग्ने लुट्ने झुक्याउने साेझा साझालाई
त्यो गाउँकाे सामन्ती जालि  उस्तै हाेला ।

खै के नै विकास भयाे हाेला र गाउँमा
त्यो उकाली अनि देउराली उस्तै हाेला ।

दिपेन्द्र परिवर्तित
२०७२-१-६

Thursday, 16 April 2015

गजल

भए सपना अधुरा जंघार तरे पछि ।
नदेखाउ भाे पाखुरा जंघार तरे पछि ।

घुमेकाे छ अझै पनि मेरो स्मृतिमा
भनेका ती केही कुरा जंघार तरे पछि । 

तिम्रो मेरो सँगसँगै बसाउने घरवार
हुन्न जस्तो छ पूरा जंघार तरे पछि ।

के नै भन्न सक्छु र म तिमलाई प्रिय
लगाई सिंदुर पाेते चुरा जंघार तरे पछि ।

किन कुरा काट्छेउ बेकार मेराे पछि बसि
लुते पनि हुन्छन् सुरा जंघार तरे पछि ।

झुटा आराेप लगाउँदै नानाथरी भन्दै
नचलाउ भाे दिलमा छुरा जंघार तरे पछि ।
दिपेन्द्र परिवर्तित

गजलमा

मज्जा त पैसाको खेलमा हुन्छ रे ।
जेजति हुनु त ठमेलमा हुन्छ रे ।

नयाँनयाँ परिकारकाे स्वाद त यहाँ
मसलामा भन्दा नि तेलमा हुन्छ रे ।

बुझिन्छ रे त्यो बेला जिन्दगीकाे महत्त्व 
जब मान्छे क्रुर जेलमा हुन्छ रे ।

ढुङ्गा मुढा र बालुवाका  प्रहारहरु
धेरै त असारे भेलमा हुन्छ रे ।

सजिलै प्रगति हुन्न  भन्छन् सबै
प्रगतिकाे सुत्र त झेलमा हुन्छ रे ।

एकान्तमा रुँदै बस्नु भन्दा बढि 
आनन्द मुटुको मेलमा हुन्छ रे ।

गजल

म गुलाफ दिन्छु उ शिरीष माग्छे ।
अमृत खाउ भन्दा विष माग्छे ।

अरे अरु त के भनुँ म यहाँ
सधैं आउँछे फेसबुकमा किस माग्छे ।

मुटु कलेजाे सबै  चाहिन्छ भन्दै
मेरा हरेक अंग एकएक पिस माग्छे ।

टाढा छु म कसरि दिउँ  उसलाई
मन सन्चो पार्न भिष माग्छे ।
दिपेन्द्र परिवर्तित

गजल

माया तिमीलाई दिएँ, शरीर कसलाई दिनु ?
खुसि माग्छन् सबै, पिर कसलाई दिनु ?

राज तिमिले गरेउ समथर याे दिलमा
भन अब बाँकी, भिर कसलाई दिनु ?

माछि मारेर गयौ खाेलि थुनेर तिमिले
अब ढुङ्गा बालुवाकाे, तिर कसलाई दिनु ?

गयौ तीमि अन्तै हानेर बज्र मलाई
याे मुटुमा राेपिएकाे, झिर कसलाई दिनु ?

आँउछन सबै यहाँ प्यास मेट्ने भन्दै
फाेहाेर दिलकाे धमिलो, नीर कसलाई दिनु ?

Tuesday, 14 April 2015

गजल

सँगै स्कुल पढेको याद छ ।
बिस्तारै उकाली चढेको याद छ ।

बिहान सबेरै उठि कलेज जाँदा 
खेतको आलिमा लडेको याद छ ।

शैक्षिक भ्रमणमा पाेखरा पुग्दा 
त्यहीँ हाम्रो प्रित गडेकाे याद छ ।

बिग्रियाे पढाइ मेरो प्रेममा डुबेसि
आमाबाबुको सपना सडेको याद छ ।
दिपेन्द्र परिवर्तित
२०७२-१-२

Monday, 13 April 2015

गजल

निकालेर मुटु पाेल्नेहरुकाे कमि छैन ।
चेपाराे घस्दै बाेल्नेहरुकाे कमि छैन ।

राख्दिनँ म दिलमा कसैलाई भन्दा नि
जबर्जस्ती दिल खाेल्नेहरुकाे कमि छैन ।

पूरा गर्न आफ्नो असीमित स्वार्थहरु
दुईचार दिन पाउ माेल्नेहरुकाे कमि छैन।

जिवनभर साथ दिन्छु तिमिलाई भन्दै 
मायामा बीस घाेल्नेहरुकाे कमि छैन ।

दिपेन्द्र परिवर्तित
२०७२-१-१

Saturday, 11 April 2015

गजल

लाग्छ अचेल रात पुरानाे ।
मलाई अँगाल्ने हात पुरानो ।

नगर भाे अब हे मेरि प्रिय
मनै बिगार्ने बात पुरानो ।

जवानिले शरीर छाेपेकाे बेला
लाग्दैछ झन मात पुरानो ।

हाल्छ नि बाेटले नयाँ पालुवा
भएपछि आफ्नो पात पुरानो ।
दिपेन्द्र परिवर्तित

गजल

माया गर्न दिल पल्किए पछि ।
यस्तै हुन्छ मन ढल्किए पछि ।

त्यो तिम्रो रुपमा बेहाेसि भएछु
झस्किएँ सितारा टल्किए पछि ।

न दिनमा भाेक छ न रातमा निद
बिछाेडकाे आगाे सल्किए पछि ।

बल्ल म जिन्दगी बुझ्दै छु सानू
तिम्राे प्रित अन्तै छचल्किए पछि ।
दिपेन्द्र परिवर्तित

Wednesday, 8 April 2015

गजल

तिम्रो म्यासेज कुर्दाकुर्दै थाक्ने भएँ प्रिय ।
जे भएनि तिम्लाइ दिलमा राख्ने भएँ प्रिय ।

सफलहाेस भगवान प्रेम सम्बन्ध हाम्रो भन्दै 
हरेक बिहान देविदेउता भाक्ने भएँ प्रिय ।

बनाएर याे दिलले त्यो मुटुको निसाना
प्रेमको बन्दुक  तिमिलाई  ताक्ने भएँ प्रिय ।

थाहा छैन कस्तो हुन्छ साँचो  प्रितकाे स्वाद
तिमीबाटै मायाको संवाद चाख्ने भएँ प्रिय ।

कतै भेट भयो भने अनायासै तिमिसँग
झिम्क्याउँदै याे परेलि डाक्ने भएँ प्रिय ।
दिपेन्द्र परिवर्तित
२०१२-१२

Monday, 6 April 2015

गजल

मेरो मनमा शिलाहरु छन ।
हजार सुन्दर काेपिलाहरु छन।

तिमि देख्छ्याै सुन्दर मुटु मेरो
उसले राेपेका किलाहरु छन ।

मेरो जिन्दगीको राम कहानिमा
उही गाेपिनिकाे लिलाहरु छन ।

खतै खत छन जताततै मनमा
अझै पाकेको पिलाहरु छन ।

दिपेन्द्र परिवर्तित
२०७१-१२-२२

गजल

तिम्रो लागि मन जलाउन तयार छु ।
गुलाफ भै दिलमा पलाउन तयार छु ।

दिन्छ्याै भने तिमी अधिकार मलाई
त्यो दिलकाे राज्य चलाउन तयार छु ।

जाेगाउन सम्बन्ध हजार दुष्ट नजरबाट
भकुण्डो झै प्रित छलाउन तयार छु ।

हाम्रो सामु समस्याको पहाड आयो भने
टुक्राटुक्रा पारि सबै गलाउन तयार छु ।

पिरतिमा पर्खाल बनी काेहि ठडियाे भने
चट्टान बनी  सबै ढलाउन तयार छु ।
दिपेन्द्र परिवर्तित
२०७१-१२-२४

Sunday, 5 April 2015

गजल

काेहि पनि जंगल छिर्न नपराेस ।
फेरि नि बन्दुक भिर्न नपराेस ।

उच्च रहेको हाम्रो देशको शिर
विश्व सामु कहिल्यै गिर्न नपराेस ।

नेताले देशलाई लगाएको रिन 
निमुखा जनताले तिर्न नपराेस ।

बनाउ छिटो सर्वमान्य संविधान
अब देशमा तानाशाह फिर्न नपराेस ।
दिपेन्द्र परिवर्तित
२०७१-१२-२३

Saturday, 4 April 2015

गजल

भएँ हल्का चुम्बन खाँदा बेहोसि ।
बिचमा फुत्त छाेडि जाँदा बेहोसि ।

खै कहाँ लगि कहाँ अँध्यारो प्रितमा
थिएँ उसले तान्दै लाँदा बेहाेसि ।
 
उसको त्यो प्रितमा रम्दा खेरि म
भएछु अनायासै आधा बेहोसि ।

सम्झिँदै अतीत रुँदै छु अहिले
तान्छु म हुँदै गाँजा बेहोसि । 
दिपेन्द्र परिवर्तित
२०७१-१२-