गजल
म तिम्रो मुटुमा प्यार खाेज्दै छु ।परदेशमा जिवनकाे सार खाेज्दै छु ।
तिमिले दियाै चाेखाे माया मलाई
यहि माया रम्ने संसार खाेज्दै छु ।
तिमिलाई मेराे विश्वास जगाउन सानू
माया पुष्टि गर्ने आधार खाेज्दै छु ।
भेटिन्छ रे खाेजे अमृत पनि सजिलै
प्रितकाे अमृत बस्ने झार खाेज्दै छु ।
उमार्न हाम्रो प्रितकाे बीउ सजिलै
उर्वर अनि सुन्दर टार खाेज्दै छु ।
एक दिन त लगन जुराउनु छ हाम्रो
सजाउन हिराकाे हार खाेज्दै छु ।
No comments:
Post a Comment