Translate

Friday, 19 December 2014

यस्तो  छ जिओनि ५.५ का बिशेषता 

साभार अन्नपूर्ण पाेष्ट दैनिक
केन सुवेदी
| २०७१ पौष ४ शुक्रबार

केही दिनयता नेपाली बजारमा जिओनी मोबाइलको चर्चा छ। अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोन मानिएको जिओनी इलाइफ ५.५ लाई टेलिटक प्रालिले नेपाली बजारमा ल्याएको हो। यो फोन अन्तर्राष्ट्रिय बजारमा पहिले नै प्रयोगमा आए पनि नेपालमा भने भर्खरमात्रै आएको हो। कस्तो छ त सबैभन्दा पातलो यो स्मार्टफोनको विशेषता?

 बनोट र डिजाइन
५.५ एमएमको मोटाइ रहेको यो स्मार्टफोन हेर्दै अचम्मको लाग्छ। ग्लास र म्याग्नेसियम एलोयको प्रयोगले सेट स्मुथ देखिन्छ। यसको डिस्प्ले ५.५ इन्चको छ। कम्पनीका अनुसार फोनको फ्रेम एलोयले बनेको छ।

 डिस्प्ले
इलाइफ ५.५ मा ५ इन्चको एचडी सुपर एमोलेड डिस्प्ले छ। डिस्प्लेलाई गोरिल्ला ग्लास (तेस्रो वर्ग)ले सुरक्षित पारेको छ। यसको ब्राइटनेस राम्रो हुनुका साथै विभिन्न कोणबाट हेर्दा गजबको लाग्छ।

क्यामेरा
यसमा १३ मेगापिक्सलको क्यामेरा छ भने फ्रन्ट क्यामेरा ५ मेगापिक्सलको छ। क्यामेरा राम्रो भए पनि फोकस गर्न केही समय लाग्ने बताइएको छ। यसको भिडियो मध्यमभन्दा माथि छ। फ्रन्ट क्यामेरा सेल्फीका लागि उपयुक्त छ। फोनमा दुईवटा क्यामेरा एप्स छन्, क्यामेरा र चाम्क्याम। यी दुवै एप्सबाट क्यामेराको तस्बिर सेटिङ मिलाउन सकिन्छ।

सफ्टवेयर
जिओनी इलाइफ ५.५ फोनमा सफ्टवेयरका नयाँ भर्सन भने भेटिन्न। यसलाई एन्ड्रोइड ४.२.२ जेलिबिनले चलाएको छ। सफ्टवेयर अलि चुस्त बनाउन आवश्यक रहेको प्रयोगकर्ताको भनाइ छ।

प्रदर्शन
मिडियाटेक एमटी ६५९२ अक्टाकोर प्रोसेसरले यो फोनलाई गति दिएको छ। यसमा २ जीबी :याम छ। हार्डवेयर राम्रो भए पनि सफ्टवेयर अप्टिमाइज नभएकाले प्रदर्शन छिटो हुन नसकेको जस्तो लाग्नसक्छ। यसको ब्याट्री २३०० एमएएचमात्रै भएकाले नौदेखि १० घन्टासम्म चल्न सक्छ। १६ जीबीमात्रै स्टोरेज रहेको यस फोनमा स्टोरेज बढाउन पनि मिल्दैन। भिडिओ तथा अडियो भने स्मुथबाट चल्छ।

गेम
यो फोनमा राम्रा ग्राफिक्सयुक्त खेल सहज ढंगले चलाउन सकिन्छ। तर, धेरै प्रोग्राम एकसाथ चलाउँदा अलि ढिलो भएजस्तो लाग्नसक्छ। थोरै :याम भएकाले ग्राफिक्स सशक्त भएको खेल खेल्दा फोन छिटो तात्न सक्छ।

मूल्य
टेलिटकका अनुसार यो स्मार्टफोनको नेपाली बजारमूल्य ३२ हजार रुपैयाँ रहेको छ।

No comments:

Post a Comment