Translate

Saturday, 20 December 2014

कम बाेले मस्तिष्क तृष्ण

मोबाइलमा गरिने लामो कुराकानीले मस्तिष्कलाई विकारग्रस्त बनाइरहेको छ । स्विडेनको ओरेब्रोकी हस्पिटलमा गरिएको र 'प्याथो साइकलोजी' जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ ।
यो निष्कर्षमा पुग्नुअघि अनुसन्धाताहरूले 'म्यालिग्नेन्ट ब्रेन टयुमर' बाट प्रभावितहरूले मोबाइलमा गर्ने कुराकानीको समयबारे अध्ययन गरेका थिए । त्यसपछि उनीहरूले भनेका छन्- मोबाइलमा धेरै समय गफिनेहरूको मस्तिष्कमा खतरनाक ब्रेन क्यान्सर ग्लिओमा विकसित हुन सक्छ ।

जुन व्यक्ति २५ वर्षभन्दा बढी समयदेखि कर्डलेस वा मोबाइल फोनमा कुरा गर्दै आएका छन्, उनीहरूमा यसको उपयोग नगर्ने वा एक वर्षभन्दा कम समयसम्म यसको उपयोग गर्नेहरूको दाँजोमा तीनगुणा बढी ब्रेन टयुमर विकसित हुन्छ ।

यो अध्ययनअन्तर्गत म्यालिग्नेन्ट ब्रेन टयुमर भएका १ हजार ३ सय ८० बिरामीको तुलना यस्ता टयुमर नभएका व्यक्ति र उनीहरूको फोन उपयोगसँग गरियो ।


No comments:

Post a Comment