Translate

Saturday, 20 December 2014

        गजल

बसेकाे छु दिलकि लुरिकाे यादमा ।
गाउँमा बज्ने प्रितकाे बाँसुरिकाे यादमा।

सुन्दर थियाे गाउँ अनि सुन्दर मान्छे पनि
चिटिक्क पर्या खरकाे धुरिकाे यादमा ।

साथिभाई रमाइलो गर्दै हास्दै खेल्दै डुल्दै
लगनखेलमा खाकाे त्याे पानिपुरिकाे यादमा।

जब  लाग्थ्यो बैशाख तब जाेडले चल्थ्याे हावा
गर्मिमा शितल छर्ने हुरिकाे यादमा।

तिमी नेपाल म पर्देश तर माया गाढा भयाे
पागल हुन्छु हामी बिचकाे दुरिकाे यादमा ।


बसिन्थ्याे भदौमा काँक्रा खाँदै नुनसँग
बस्या छु त्यहि काट्ने छुरिकाे यादमा ।

मेलापात अर्मपर्म यस्तै थियो गाउँमा
बस्या छु धानको मुरिकाे यादमा ।
दिप शर्मा
२०७१-९-५

No comments:

Post a Comment