राेएकाे छु हाँसेकाे छु उसलाई सम्झिएर ।
जसाे तसाे बाँचेको छु उसलाई सम्झिएर ।
भेटेपछि अथाह माया दिनुपर्छ उसलाई भनी
मनमा माया साँचेकाे छु उसलाई सम्झिएर ।
कहिलेकाहीँ त खुसि पनि अधिक भई दिन्छ
कल्पनामा नाचेकाे छु उसलाई सम्झिएर ।
दिन्छु भन्दै राेपेकाे थेँ हृदयमा प्रितकाे गुलाफ
आज त्यसलाई भाँचेकाे छु उसलाई सम्झिएर ।
जताततै पलाएकाे पिरतिका हजार पालुवा
जवर्जस्ति लाछेकाे छु उसलाई सम्झिएर ।
दिपेन्द्र परिवर्तित
No comments:
Post a Comment