खाएकाे थालमा चुठ्ने पनि छन ।
दिए जस्ताे गर्दै लुट्ने पनि छन ।
खै कसलाई छिमेकी भनाैँ यहाँ
अवसर परे आँखामा मुत्ने पनि छन ।
अर्काकाे ठाउँमा जवरजस्ति छिर्दै
त्यहि देशको पुलिस कुट्ने पनि छन ।
पैसा र शक्तिको दुरुपयोग गर्दै
सजिलै जेलबाट छुट्ने पनि छन ।
सहयोगकाे नाममा देश भित्र छिरि
बम बारुद बनी फुट्ने पनि छन ।
दिपेन्द्र परिवर्तित
No comments:
Post a Comment