समय र परिस्थितिकाे सिमानामा रहेर हरेकले आफ्नो जीवन चलाईरहेकाे हुन्छ । म पनि त्यहि जीवन चलाउने अभ्यास गर्दै थिएँ । कुराे एसएलसी पछिको हाे । भरखरैकाे जवान केटाे जब एसएलसी पास गरेर शहर पस्यो । एक दुई दिन त शहरमा घुलमिल हुन पनि गाह्राे भयो ।विवशताले बिस्तारै बानि पर्दै गयो । एकदुई दिनको घुमघाम पछि कलेज गईयाे । कलेजमा प्राय सबै साथीहरू नयाँ थिए । तर एक जना साथि सँगै स्कुल पढेकी थिईन । जसले गर्दा म त्यो कलेज गएको थिएँ । गेटमा उनलाई पर्खेर बसेँ सँगै कक्षामा गईयाे । केही बेर पछि अर्को नयाँ साथि पनि आईन र हामी बसेकै डेस्कमा झाेला राखिन र बसिन । नयाँ मान्छेसँग बाेल्न लजाउने मेरो पुरानो बानि नै थियो । सायद मेरो मुहारकाे भावले उनले यसकाे मेसाे पाईन हाेला त्यसैले उनले मुख खाेलिन । "के छ खबर?" उसले प्रश्न गरि । अब त बाध्य भएर उत्तर दिनै पर्याे । "ठिकै छ" मैले उत्तर दिएँ अनि प्रतिप्रश्न उसैलाई गरेँ "अनि तपाईकाे के छ नि ?" उसले नि ठिक भएको बताई । यसरी परिचय नै नगरी एकाएक खबर शाेधेकाेमा म चकित थिएँ । प्रायः मान्छेहरु पहिलो भेटमा परिचय साेध्छन तर उसले त खबर साेधि । खयर जे भएनि कुराकानी भयो ठिकै भयो । हाम्रो बसाइ एउटै डेस्कमा भयो । सुरुवाती कक्षा भएर हाेला सरहरु पढाउन खासै आउनु भएन । प्राय पिरियड हल्ला गरेर नै बित्यो । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ क्लास र नयाँ कलेजमा तर पनि नियमित भेटघाट भएको मान्छेहरु जस्तै भयाैँ हामी केहि पलमा नै । धेरै केटा साथीहरूसँग परिचित हुने सुअवसर मिले पनि उनी खास बिनिन किनकि उनको मुस्कानले त्यो पललाई खास बनाईरहेकाे थियो । कक्षा बिहानै चल्ने हुँदा हामी कलेज पुग्दा सुर्याेदय भएको हुन्न थियो । मनाेरम प्रकृति अनि सुन्दर अनुहार र मिठाे मुस्कानले साँच्चिकै आनन्द आभास भईरहेकाे थियो । हल्का बाटुलाे अनुहार गाेराे छाला अनि पुष्ट शरीर झट्ट हेर्दा खस आर्य वर्णकि जस्तो देखिन्थिन उनी ।
सायदै उनलाई देख्दा माेहित नहुने मान्छे कमै मात्र थिए हाेला त्यो शहरमा । म पनि कताकता हराएको अनुभुती गर्दै थिए ।
कलेजकाे पहिलो दिन कुन पिरियड कुन सरकाे भन्ने थाहै थिएन । उनले नै मलाई जानकारी दिन्थिन । तेस्रो र चाैथाे पिरियड ऐच्छिक विषयकाे रहेछ । शिक्षाशास्त्रमा गणित पढ्ने म र मेरो साथि गणित कक्षा तर्फ लम्किँदै गर्दा उनी पनि हाम्रो पछि थिईन त्यस पछि थाहा भयो कि उनी पनि गणित नै पढ्ने रहिछन् । हामीलाई पढाउने सर नआउनु भएकोले मज्जाले जिस्कने र हाँस्दै बस्ने अवसर मिल्यो । र त्यहि समयमा हामिले धेरै कुराहरू गर्ने समय पायौं । तर परिचय भने भएन । उसले पनि नाम साेध्ने हिक्मत गरिन र मैले पनि गरिन । कक्षा सकिए पछि छुट्ने बेलामा उ पनि मसित तलतिर झरि । मेरा काेठा कलेजभन्दा अलिक तल थियो । अब बाटोमा हामी दुई जना मात्रै भयाै ।केही समय त कुरा कहाँबाट गराै भन्ने साेच्दा साेच्दै बित्यो । सायद उसले पनि त्यहि साेचि हाेलि । करिब पाँच मिनेट चुपचाप हिँडियाे । त्यस पछि शुन्यतालाई ताेड्दै उसले कुराकानी सुरु गरि "साँचि तपाईंको नाम के हाे नि? " मेरो परिचय दिँदै मैले पनि उसले साेधेकै प्रश्न उसलाई साेधेँ । उसले भनी गंगा । फेरि प्रश्न गरेँ गंगा!! थर चाहिँ के नि ? उसले प्रतिप्रश्न गरि के हाे जस्तो लाग्छ । "खै मैले के हाे भन्नू र मुहारले थरकाे झल्को दिँदैन नि मिस" मैले उत्तर दिएँ । उ हल्का मुस्कुराई र अनुमान गर्न आग्रह गरि । बाध्य भएर अनुमान गर्नै पर्ने भयो । हचुवामा झटाराे हान्दिए "क्षेत्री हाे ?" उसले फेरि प्रश्न गरि के म क्षेत्री जस्तो छु र । मलाई हल्का लाज लाग्याे कतै मेरो अनुमान फेल त भएन मनले शंका गर्दैन थियो । जे भएतापनि आखिर उत्तर दिनै थियो दिएँ । मैले भने याे अनुमान हाे क्या ठ्याक्कै मिल्छ भन्ने त छैन नि । तर हेर्दा त्यस्तै देखिनु हुन्छ क्या मैले फेरि थपेँ । उसले भनी तपाईकाे अनुमान मिलेको छ । म मख्ख परेँ । कहिलेकाहीँ अनुमान मिल्दा नि मख्ख पर्नुपर्ने तर यहाँ त झन मख्ख हुनै पर्याे नि अपरिचित सँग चिनजान गर्दा मिलेको छ अनुमान । उसले फेरि भनी म गंगा क्षेत्री हाे । त्यस पछि त प्रश्न गर्ने साहस पनि पलायो अनि साेधिहालेँ तपाईकाे घर कता नि उसले भनी लेले । अनि उसले साेधि तपाईंको नि ? मेरो माल्टा मैले यथार्थ उत्तर दिएँ । हामी बिचमा जसले प्रश्न साेधे पनि त्यहि प्रश्न आफुलाई पनि आउने गर्थाे । हुनत परिचयमा यस्तै हाे । अन्ततः मैले साेधेँ तपाई कता हिँड्नु भएको ? कि तपाईंको बसाइ नि यतै हाे ? उसले आफू साथिकाेमा जान लागेको बताई । उसको साथिकाे र मेरो बस्ने ठाउँ करिब ३ मिनेट अन्तरमा रहेछ । उ छुट्टिएर साथिकाे तिर लागि म काेठा तिर लागेँ । तर मलाई त्यो तिनचार मिनेटको बाटो अघि काटेको १८ मिनेटको बाटो भन्दा लामो लाग्यो । जब हामी छुट्टियाै मेरो मन उसले लगेको आभास भयो । त्याे दिन उसको कल्पनामा बित्यो ।
यस्तै क्रम दुईचार दिन चल्याे । हरेक दिन कलेज जाँदै गर्दा बाटोमा मेरा मस्तिष्कहरुमा उ सँग हिँडेको त्यो पल घुमिरहेका हुन्थे । मानाै कि म कलेज हैन कतै डेटिङ जाँदै छु । कलेज पुगेसि हामी सँगै बस्थ्याै । मेरो छेउमा उ थिई अनि उ भन्दा उता मेरै गाउँ कि एकजना साथि थिईन । म स्विटर लगाएर कलेज जाँन्थेँ पुसमाघकाु जाडाे याम थियो । मैले लगाएको स्विटरले उसको सिल्कि कपाललाई तान्दाे रहेछ याे कुरा छेउकि साथिले चाल पाईछन । उ मुस्कुराई र कपाल मिलाई । उसको हरेक मुस्कानले मेरा मनमा कम्पन गराउँथे कि म झटका महशुस गर्थेँ । छिनछिनमा त्यो कपाललाई मेरो स्विटरले तान्थ्याे उ मुसुक्क हाँसेर कपाल मिलाउथि । हरेक पटक स्विटरले कपाल तानेको देख्दा म यस्तो साेच्थेँ कि यसै गरि उसको सिल्कि मन पनि तान्न मिल्ने भए याे स्विटरले कपाललाई गरेको भन्दा धेरै माया गर्थें । यसरी मन तान्न सके उ त्यो पल पनि मुस्कुराउँथि हाेला अनि यसरी नै समालिन खाेज्थि हाेला अनि म झन मनाेमानि गर्थें हाेला यस्तै यस्तै कुरा मनमा खेलेको हुन्थ्यो ।
चारपाँच दिन लगातार कलेज गए पछि एक दिन भुसुक्कै निदाएछु कलेज जानै भ्याईन । उसले फाेन गरि म निन्द्रामा नै थिए । मैले साेधेँ तपाईले।नम्बर कहाँबाट पाउनु भयो उसले भनी साथिसँग मागेको । "अनि किन कलेज नआउनु भएको ?" उसले प्रश्न गरि । निदाएछु अनि भनेकाे त माेरि हाँसि अनि फाेन राखि। मलाई लाग्थ्यो म मात्रै यसरी तड्पिएकाे छु तर हैन रहेछ म कलेज नजाँदा उ पनि तड्पिने रहिछ ।
सायद हामी दुबैकाे मनमा प्रितकाे अंकुरण भईसकेकाे थियो । भाेलि बेर कलेज गईयाे । क्लासमा फस्ट डेस्कमा सँगै बसियाे । स्विटरले आफ्नो प्रिय कपाललाई छिनछिनमा अंगालो हालि रह्यो । उसले त्यसलाई हटाई रहि । उ सधैं कपाल छाेडेर आउथि म सधैं स्विटर लगाएर जान्थेँ । उ चाहन्थि कपाल तानाेस म नि चाहन्थे कपाल स्विटरले तानाेस अनि उसको मुस्कान हेर्न पाईयाेस । त्यसैले त्यो जाडो महिना भरि ज्याकेटले आराम पायो किनकि स्विटरकाे लभ परेको थियो ।
त्याे दिन अंग्रेजी शिक्षक आउनु भएको रहेछ । बुढाले कक्षामा छिर्ने बितिक्कै परिचयबाट कक्षा अगाडि बढाउने प्रस्ताव राखे हामीले हुन्छ भन्यौं । फस्ट डेस्कबाट सुरु भयो सुरुमा म नै परेँ । मैले आफ्नो परिचय दिएँ त्यस पछि उसको पालाे आयो उसले नि परिचय दिई । तर आश्चर्यजनक किनकि उसले मलाई बताएको नाम र कक्षामा परिचयमा भनेको नाम बिल्कुलै फरक । उसले परिचयमा भनी भावना तामाङ । म आश्चर्यमा परेँ किन यस्तो भनी किन यसरी मलाई झुक्याई मनले प्रश्न गर्न थाल्याे । केटिहरु वास्तविकता लुकाउछन भन्थे हाे रहेछ भन्ने लाग्यो ।
गणितकाे पिरियडमा मैले उसलाई साेधेँ "किन मलाई झुट बाेलेकाे ? " उसले उत्तर दिई तपाईलाई सत्य सावित गर्न । म रिसाएको जस्तो गरेँ उसले माफि मागि र मैले पनि माफि दिए । सायद मायामा रिसमा पनि माया नै हुन्छ हाेला जसरि घिउ झिक्ने चम्चामा घिउ हुन्छ नि । हुनत मेराे पहिल्यै एउटिसँग लभ परिसकेको थियो ।एक दिन खालि समयमा फाेन गरेँ उसलाई त्याे बेला उही गंगाले देखिथिन अनि फाेन राखेसि साेध्थि प्रेमिका हाे ? मैले हाे भनेँ । त्यस पछि उसको मनमा केही निराशा छाए जस्तो लाग्यो । कतै आफुले गल्ति त गरिन मलाई पनि यस्तो लाग्यो । आखिर जे भएतापनि वास्तविकता भन्नु कुनै गल्ति पनि त हैन । यसै बिच अर्को दिन कुरैकुरामा मैले मेरो प्रेमिका उ भन्दा राम्रो रहेको बताएको थिएँ । उसले त्यसाे भए हेराैँ न त भन्दै थिई केही समय पछि उ पनि पढ्न आउने कुरा मैले उसलाई भनेँ ।
केही दिन पछि गँगाले शिक्षाशास्त्र छाेडिन र अरु नै पढिन । अन्ततः स्विटरले प्रेमिका गुमायो त्यस पछि स्विटरलाई आराम दिएँ अनि ज्याकेट लगाएँ । समयसँग प्रेमिका पनि पढ्न आइन गंगाले देखिछन अनि मलाई भेटेर भनिन् तपाईंको म भन्दा राम्रि प्रेमिका देखेँ नि । म निशब्द भएँ । उ हिँडि । वास्तवमा उ प्रेमिका भन्दा राम्रो थिई तर सुन्दरताकाे पछि लागेर अर्किलाई धाेका दिनु नि भएन नि । यहि साेच्याे मनले अनि उहीँ सँगै बसियाे ।
हुनत अहिले म एक्लै छु । उसको पनि अन्त कतै लभ परेको छ भन्ने सुनेको छु । सायद स्विटरले तानेको ती कपालले अझै मेरो स्विटरकाे याद गर्दै हाेलान जसरि म उसकाे याद गर्दै छु ।अचेल त म अनि स्विटर दुबै प्रेमिकाकाे यादमा छाैँ तर विडम्बना अब प्रेम सम्भव छैन ।
दिपेन्द्र चाैलागाँई
माल्टा ललितपुर
No comments:
Post a Comment