माल्टा(ललितपुर )/- विनाशकारी भुकम्पले माल्टा गाविसमा पनि ठुलो क्षति पुगेको छ । राजधानीबाट करिब ४० किलोमिटर टाढा रहेको उक्त गाविसका प्रायः घरहरू बस्न याेग्य छैनन् भने करिब ४०% घरहरु पुर्णतः ध्वस्त भएका छन । यसैबीच माल्टा गाविसको वडा नं ४ पाखाेलामा बैशाख १२ गतेको विनाशकारी भुकम्पमा परि स्थानिय ८० वर्षिय सन्चमाया माेक्तानकाे मृत्यु भएको छ भने अन्य केही समान्य घाइते भएका छन । पाखाेलामा प्राय सबै घरहरुमा क्षति पुगेको र मानिसहरु त्रिपाल मुनि बसिरहेको जानकारी स्थानीय आशिष वाइवाले दिए । सरकारि र गैरसरकारी संघसंस्थाले गरि करिब ११ पटक राहत बितरण गरिसके तर राहत माेटरबाटाे भएको ठाउँसम्म मात्रै आउने हुँदा त्यहाँबाट पिडित सम्म ल्याउन कठिन रहेको जानकारी उनले दिए । पाखाेला संगै रहेको वडा नं ४ कै छाेक्करपाखा झन विकट भएको हुँदा त्यहाँ राहत लान झनै कठिन भएको उनलेे बताए ।
यसैबीच माल्टा वडा नं ९ गहुँबारिमा पनि प्राय घरहरु पुर्णतः क्षति भएका छन । घरहरू लडे पछि स्थानीय पालमा आफ्नो जीवन गुजारा चलाईरहेका छन । राहतहरु आए पनि माेटरबाटाेकाे सुविधा नहुनुले राहत लिन कठिन भईरहेकाे स्थानीय सुजित लामाले बताए । उनले भने घरहरू लडेका छन खानेकुरा पनि पुरिएको छ पालमा बसेर जीवन धान्न गाह्राे छ ।
यसरि क्षति भए लगत्तै भुकम्प पिडितलाई राहत जुटाउन आफुहरु सक्रिय रहेको स्थानीय समाजसेवी तथा दलका नेता कार्यकर्ताले बताए । उनिहरु भन्छन् जसरि हुन्छ हामी दिन रात खटिएका छाैँ र पिडितकाे घाउमा मलम लाउने नै छाैँ । अहिलेसम्म माल्टामा विभिन्न सरकारि तथा गैरसरकारी संघसंस्थाले राहत बितरण गरिसकेका छन । गैरसरकारी संस्थाकाे ध्यान यतिबेला माल्टाका भुकम्प पिडित प्रति केन्द्रित हुँदै गएको छ । अहिलेसम्म रक्षा नेपाल, सेफ द चिल्ड्रेन, एल डब्लु एफ लगाएतका संघसंस्थाले राहत वितरण गरेको जानकारी स्थानीयले दिए ।
भुकम्पले माल्टाका प्रायः विद्यालयहरुमा क्षति पर्याएकाे छ । यसले अब बालबालिकाकाे भविष्यमाथि पनि प्रश्नचिन्ह खडा गरेको छ । तत्काल पुनःनिर्माण गर्न सकिने अवस्था पनि नहुनु र पुरानो भवनमा शिक्षण गर्न सक्ने अवस्था पनि नरहेकोले अब विद्यालय खुले सँगै विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता रहेको शिक्षकहरू बताउछन् । मनसुन सुरु हुन लाग्नु र विद्यालय भवनमा क्षति हुनुले शिक्षण अन्याेलमा परेको शिक्षकहरूकाे भनाइ छ ।
No comments:
Post a Comment