Translate

Sunday, 10 May 2015

गजल

ताराहरु गन्दै गर्दा जुनलाई गुमाए मैले ।
नचाहँदा नचाहँदै उनलाई गुमाए मैले ।

थाहा छैन जिन्दगी रंगिन छ या सादा
आखिर जिन्दगीको चुनलाई गुमाए मैले ।

दिने गर्थिन उनी अपार माया मलाई
त्यसैले आज उनको गुनलाई गुमाए मैले ।

खै के पाईन उता छाेडिन बिचमा मलाई
उनी भन्दै छिन रे सुनलाइ गुमाए मैले ।
दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment