Translate

Sunday, 31 May 2015

गजल

मुटु माग्दै हात थाप्ने धेरै छन ।
पछि बसेर मैलाई सराप्ने धेरै छन ।

भाे चाँहिदैन दिल अब मलाई भन्दानि
जवर्जस्ति ल्याएर खाप्ने धेरै छन ।

खै के भनाैँ अब म दिल जलाउनेलाई
यहि जलेको दिल ताप्ने धेरै छन ।

प्रेम गरेको वाहना देखाएर नजिक भई
सम्पति ताैलने र  नाप्ने धेरै छन ।

मेरो यादमा हरपल पागल बनेर
हृदयमा तस्बिर छाप्ने धेरै छन ।
दिपेन्द्र परिवर्तित

Saturday, 30 May 2015

गजल

राेएकाे छु हाँसेकाे छु उसलाई सम्झिएर ।
जसाे तसाे बाँचेको छु उसलाई सम्झिएर ।

भेटेपछि अथाह माया दिनुपर्छ उसलाई भनी
मनमा माया साँचेकाे छु उसलाई सम्झिएर ।

कहिलेकाहीँ त खुसि पनि अधिक भई दिन्छ
कल्पनामा नाचेकाे छु उसलाई सम्झिएर ।

दिन्छु भन्दै राेपेकाे थेँ हृदयमा प्रितकाे गुलाफ
आज त्यसलाई भाँचेकाे छु उसलाई सम्झिएर ।

जताततै पलाएकाे पिरतिका हजार पालुवा
जवर्जस्ति लाछेकाे छु उसलाई सम्झिएर ।
दिपेन्द्र परिवर्तित

Friday, 29 May 2015

गजल

कहिले लुकेर आलिमा बसिन्थ्याे ।
मज्जाले भेटेर देउरालीमा बसिन्थ्याे ।

अब त्याे दिन स्मृतिमा रहे
मस्किँदै खेतको बालिमा बसिन्थ्याे ।

भिडभाड शहरमा एकान्त नहुने
त्यसैले गल्लि नालिमा बसिन्थ्याे ।

भुईमा बस्दा माटाे लाग्छ भन्दै
मिलेर क्रेटकाे जालिमा बसिन्थ्याे ।

तिमी नि घट्ट आँउथ्याै भारि लिई
अनि गफिँदै खालिमा बसिन्थ्याे ।

भित्र बसे शंका गर्लान भनेर  भनेर
बाहिरै रमाउदै पालिमा बसिन्थ्याे
दिपेन्द्र परिवर्तित
यहाँ #खालि शब्द ठाउँकाे नाम है

Thursday, 28 May 2015

मुक्तक

बिहान उठाैँला झट्ट सानू ।
खाँउला मकै भट्ट सानू ।

बुढाबुढि मकैकाे भारि बाेकेर
मस्किँदै जाउँला घट्ट सानू ।

गजल

सक्छाै सिंउदाे भरेर देखाउ भन्छे ।
जिन्दगीमा प्रगति गरेर देखाउ भन्छे ।

खै के गर्ने म दाेधारमा छु अचेल
उ ढुक्कसँग भर परेर देखाउ भन्छे ।

देश राेइरहेछ  बिपत्तिमा परेर अहिले
अब देशको लागि मरेर देखाउ भन्छे ।

उकालो त जाे पनि चढ्ने साहस गर्छन
तिमी ओरालो झरेर देखाउ भन्छे ।

बगरमा एक्लै तड्पि हिँड्नु भन्दा
प्रेमको सागर तरेर देखाउ भन्छे ।
दिपेन्द्र परिवर्तित

Wednesday, 27 May 2015

गजल

माया छेक्ने नयाँ जाल बाेकेर आउ ।
त्यो सम्झनाकाे चिनाे रुमाल बाेकेर आउ ।

भएको छु म अचेल भुकम्प पिडित
राहत स्वरूप नयाँ त्रिपाल बाेकेर आउ ।

धेरै दिएका छन खा भन्दै चामल यहाँ
सँगै खानलाई तिमी थाल बाेकेर आउ ।

तिमिलाई पनि खाना यतै बनाएको छु
चट्ट अचार अनि दाल बाेकेर आउ ।

थाहा पाउन सक्छन् बैरिले फेरि
बिरालो झैं सुस्त चाल बाेकेर आउ ।
दिपेन्द्र परिवर्तित

Tuesday, 26 May 2015

गित गजल

गयौ तिमी प्रितिकाे फुल फुलाएर अन्त ।
अनगिन्ती मनका रहर झुलाएर अन्त ।

सम्झिँदै छु म त्यो अतीत जहाँ हामी रम्या थियाै
तिम्रो हुन्छु भन्थेउ हिजो आज किन धाेका दियौ
हिँड्याै तिमी दिलकाे ढाेका खुलाएर अन्त ।

सँगै जिउने कसम खाई ताेड्याै आखिर  किन
जिवन्त साथ दिन्छु भन्दै छाेड्याै आखिर किन
रम्दै हाैलि मनका ईच्छा डुलाएर अन्त ।

लाग्थ्यो तिमी साेझि हाैलि रैछेउ साह्रै कठाेर
स्मृतिमा बस्ने भयो जिवन्त भई दिल चाेर
बस्दै हाैलि सारा अतीत भुलाएर अन्त ।

सारा खुसि तिम्रो लागि दिन्छु भन्थेउ सानि
तर आज पराई भयौ दिईनाै त्यो जवानी 
हाँस्दै हाैलि सारा खुसि हुलाएर अन्त ।

गजल

त्यो तिम्रो शहर देख्न बाँकी छ ।
प्रित बग्ने नहर देख्न बाँकी छ ।

अनायासै पिलायाै मायाको नशा
कस्तो हुन्छ जहर देख्न बाँकी छ ।

रमाउँदै तिमी र म हाँसखेल गर्ने
त्यो सनाैलाे प्रहर देख्न बाँकी छ ।

माया नै मायाको चर्चा गरि लेख्या
मिठाे गजल बहर देख्न बाँकी छ ।

एकअर्कामा हामी विलिन भएर
खुसिका अनेक लहर देख्न बाँकी छ ।
दिपेन्द्र परिवर्तित

Monday, 25 May 2015

गजल

त्यो गलामा झपक्क सुन हुनेछ ।
आकाशमा झिलिमिलि जुन हुनेछ ।

मन्दिरमा गई तिम्रो सिँउदाे सजाएसि
पाेखरामा हाम्रो हनिमुन हुनेछ ।

रंगिने छ हाम्रो घरको  चाेटा काेठा
गाह्राेमा पुरा सेताे चुन हुनेछ ।

लठ्ठिने छु तिम्रो हल्का स्पर्शमा
पिरतिकाे मन्दमन्द धुन हुनेछ ।

गर्ने छु मनाेमानि तिम्रो शरिरमा
न त छेक्ने कुनै कानुन हुनेछ ।

दिपेन्द्र परिवर्तित

Sunday, 24 May 2015

म भाग्य लेख्दै थिएँ या प्रेमपत्र

एसएलसी दिए लगत्तै केही साथीहरू ब्रिज काेर्स पढ्ने भन्दै शहर छिरे । म भने गरिबी र पारिवारिक समस्याले शहर छिर्न पाईन । एसएलसी पछिको तीन महिना प्रायः रेडियो सुनेर नै बित्यो । रेडियोमा मनाेरञ्जनात्मक कार्यक्रम बढी सुन्ने गर्थें । बिशेष गरि प्रेम र युवा वर्गमा लक्षित गरेर तयार गरिएको कार्यक्रम मेरो राेजाईमा पर्ने गर्थ्याे । म लाेकगित बढी मनपराउने मान्छ लाेकगितका कार्यक्रम त नछुटाई सुन्ने गर्थें । यसका साथै रेडियो नेपालबाट हरेक शनिबार ३:३० देखि ४:३० सम्म आउने साथि सँग मनका कुरा त झन नछुटाई सुन्थेँ । त्यो समय गाउँमा बिद्युत पुगेको थिएन त्यसैले टिभी हेर्ने कुरा नै भएन । सञ्चारकाे सेवामा हल्का एकदुई जनाले स्काई चल्ने माेबाईल बाेकेका थिए । अरुकाे त टावर नै नदिने क्या गाउँमा । मैले एसएलसी दिनु भन्दा केही महिना अघि बुबाले सिडिएमए माेबाईल किन्नु भएको थियो त्यो पनि बुबाको लागि । गाउँमा थाेरैले मात्रै माेबाईल बाेक्थे । ईण्डिकमकाे साधारण स्काई चल्ने सेट बाेक्ने मान्छे त्यो जमानामा आफुलाई हिराे ठान्थे छाति फुलाएर हिन्थे । यसाे बाटोमा हिँड्दा मान्छे देखियाे भने गाेजिबाट माेबाईल झिकेर थिच्ने चलन थियो त्यो बेला । सायद मैले माेबाईल बाेकेकाे छु भनेर देखाउन हाेला । बुबासँग भएको त्यो माेबाईल छुन मात्रै पाए पनि म आफुलाई भाग्यमानी ठान्थेँ त्यो समयमा । कहिलेकाहीँ बुढाले चार्जमा हालेको बेला छुसुक्क छुन पाईन्थ्याे नत्र माेबाईलकाे मुख देख्न पाईने हैन । काेहि कसैले फाेन गरेको समयमा मेरो बाेलि सुन्ने चाहना गरे भने मात्रै माेबाईलमा बाेल्न पाईन्थ्याे । कहिलेकाहीँ बाेल भनेर माेबाईल दिन्थे त्यतिबेला मुटुकाे धड्कन बेजोडले चल्थ्याे र शरीर काम्थ्याे । त्यतिबेला म महशुस गर्थें कि ममा माेबाईलमा बाेल्न सक्ने सामर्थ्य छैन । बल्लतल्ल कनि कुस्ती दुईचार शब्द बाेल्याे त्यसपछि के बाेल्ने शाेच्न सक्ने हैन । यसै बिच एकदिन बुबाले माेबाईल चार्जमा राखेर हिँड्नु भएछ । त्यहि समयमा नयाँ नम्बरबाट फाेन आयो । शरीर कामेर उठाउने हिक्मत भने आएन । बुढालाइ बाेलाउन जाउँ भने कहाँ जानू । अन्ततः हिक्मत गरेर फाेन उठाएँ । उताबाट हेलाे भनेको मसिनो स्वर आयो स्वर केटी मान्छेकाे थियो । म झन डराए अनि काम्दै जसाेतसाे हेलाे भनेँ । उसले साेधि काे बाेल्नु भयो ? मैले उत्तर दिएँ दिपेन्द्र । उसले तत्काल साेधि के छ खबर ? मैले उत्तर दिएँ ठिकै छ अनि तपाईंको के छ अनि काे बाेल्नु भयो नि ? प्रतिप्रश्न गरेँ । मैले यत्ति मात्रै के भनेको थिएँ माेरि त मज्जाले हाँसि । सायद उसलाई मज्जा लाग्यो हाेला मैले नचिनेकोमा । त्यसपछि उसले आफ्नो परिचय दिँदै भनी "म पुर्णिमा " । पुर्णिमा!! म आश्चर्यचकित हुँदै भनेँ । उसले हाे भनी । पुर्णिमा मेरो स्कुले साथी थिई । उ पनि एसएलसी दिएर घरमै बसेकि रहिछे । अनि मैले प्रश्न गरेँ याे नम्बर कसरी पायाै नि ?
उसले भनी " तिम्रो भाईसँग मागेको थिएँ एसएलसी दिन जानु भन्दा पहिले"।
उ स्कुल पढ्दा मेरो घर छेउमा काेठा लिएर बसेकि थिई । तर उसको र मेरो बाेलचाल भने कक्षा भन्दा बाहिर कहिल्यै भएन । कहिलेकाहीँ स्कुल जाँदा बाटोमा सँगै भईन्थ्याे उ जिस्काउँथि मलाई लाज लाग्थ्यो । त्यसैले बाेल्ने हिक्मत नै गर्दिनँ थिएँ । उ कक्षामा अलिक कमजोर विद्यार्थी भित्र पर्थि म भने जान्नेकाे दर्जामा पर्थेँ । कहिलेकाहीँ नआएको हिसाबहरु साेध्ने गर्थि म उसलाई सिकाउने गर्थें । त्यो बेला खुसि लाग्थ्यो । झन उसैले फाेन गर्दा त खुसिकाे सिमा नै रहेन । हाम्रो करिब १० मिनेट कुराकानी भयो । उसले पनि बुबाको माेबाईलबाट फाेन गरेकि रहिछे । दुबै जना डराएर बाेलिरहेका थियौं तर गफमा भुल्दा  डर हराएको थियाे । उसले फाेन राख्ने अनुमति मागि मैले हुन्छ भनेँ उसले फेरि पछि गर्छु भन्दै फाेन राखि ।
त्यहि दिन हाे मैले सबैभन्दा धेरै समय फाेनमा बाेलेकाे । त्यो दिन लामाे समय माेबाईलमा बाेल्न पाउँदा खुसि थिएँ साथै झन लामाे समय पछि सँगै पढेको साथिसँग गफ गर्न पाउनुले पनि झन खुसि थप्याे । उसले फेरि पाँच दिन पछि फाेन गरि त्यो समय पनि बुबाको माेबाईल मेरो हातमा थियो । करिब ५ मिनेट कुराकानी भयो । बाेलिरहुँ झैँ लाग्थ्यो तर बाेल्दानि पैसा लाग्थ्यो  । प्रति मिनेट २ रुपैयाँ काट्ने । यसरी क्रमशः हरेक ५/५ दिनमा फाेनमा कुराकानी हुन्थ्यो । जुन बेला उसले फाेन गर्थि त्यो बेला माेबाईल मेरो हातमा हुन्थ्यो । सायद भगवानले जुराएका हाेलान म यस्तो शाेच्थेँ ।
बुढाले केटिसँग बाेलेकाे चाल पाए भने त उठिबास लगाउँथे त्यसैले ढाेका थुनेर मसिनो स्वरमा गफ गर्ने गर्थें । यसरी बिस्तारै हाम्रो सम्बन्ध घनिष्ट हुँदै गयाे । त्यसपछि कहिले मैले फाेन गर्थें त कहिले उसले गर्थि तर जसले गरे पनि माबाईल हाम्रो हातमा हुन्थ्यो । सायद भगवानले हाम्रो चाहना बुझेका हाेलान त्यो समयमा । यसरी फाेन हुँदै २ महिना बित्यो । असारको सुरुवात सँगै उसले फाेन गर्न छाेडि ।मेरो पनि हातमा माेबाईल परेन । माग्ने हिक्मत थिएन । मनले हरेक पल उसको सम्झना गर्न थाल्यो । स्मृतिमा उसका अनुहारहरु घुम्न थाले । अनि स्कुले जिवनका यादहरु सलबलाउन थाले । यसै बिच एसएलसीकाे रिजल्ट भयो म प्रथम श्रेणीमा पास भएँ ।तर उसलाई गणित लागेछ । यस बिचमा हाम्रो सम्पर्क भने भएन । त्यो समयमा उ टिउसन पढ्न गएको भन्ने खबर सुनेको थिएँ ।
त्यहि सालबाट गाउँमा +2 आएको थियो । गाउँमा पढ्ने निधाे गरेर ड्रेस हालियाे किताब किनियाे । भदौ लागे सँगै कलेज सुरु भयो । उ पनि पुरक दिएर + 2 पढ्न आई । उ र म आउने जाने बाटो लगभग एउटै थियो । हुन त अर्को बाटो नि  थियो तर हाम्रो चाहना सँगै हिँड्ने भएको हुँदा त्यतातिर ध्यान दिईएन । त्यसपछि बिस्तारै सँगै हिँड्न थालियो तर माया बसिसकेको थिएन भर्खरै अंकुरण हुन लागेको मात्रै थियो । उ पनि मलाई माया गर्थि म पनि उसलाई गर्थें तर भन्ने हिक्मत दुबैकाे आएन ।
यसरी केही महिना बित्यो । तर माया गर्छु भनेर भन्न सकिएन । एक दिन उसले साथिलाई खबर पठाई उसले मलाई माया गर्छे रे भनेर मैले पनि प्रतिउत्तर साेहि पठाए । त्यसपछि म आफू नरहेको आभास हुन थाल्यो कताकता हराएको अनुभुती भयो । त्यो दिन हामी सँगै फर्किएनाैँ । उसले घर पुग्ने बितिक्कै बुबाको माेबाईलमा म्यासेज गरिछे मायाका शब्दहरु मिलाएर । त्यो समयमा म त्यति मायाको शब्दहरु बुझ्दिनँ थिएँ जति अहिले बुझ्छु । त्यसपछि उसले पत्र लेख्न आग्रह गरेर म्यासेज गरि । अब भने मलाई अप्ठ्यारो परेको महशुस भयो । जिन्दगीमा कुनै आफन्तलाई पत्र लेखेको बानि थिएन अब कसरी एकाएक प्रेमपत्र लेख्ने । बढाे गम्भीर भएँ । मनले निर्देश गर्नथाल्यो "नेपाली पढेको छस जाबाे पत्र लेख्न सक्दैनस । अवसर फेरि नआउन सक्छ लेखी हाल पत्र ।" म कापि र कलम लिएर लेख्न बसेँ । सुरुवात यसरि गरियो ।
प्रिय पुर्णिमा
मिठाे माया अनि सुमधुर सम्झना
वाह!! यत्ति मात्रै के लेखेको थिएँ फेरि एकाएक मनमा प्रश्न उब्जियाे "म याे समयमा पत्र लेख्दै छु या भाग्य लेख्दै छु ?? " मनले उत्तर दियो उनी नै तेरो भाग्य हुन तसर्थ तँ पत्र नभएर भाग्य लेख्दै छस् । मलाई पनि त्यहि लाग्यो अनि पत्र लेखन अगाडि बढाए । मज्जाले चार पेज भरियाे । अनेकन प्रेमका गजल र सायरिले सजाएँ अनि साईनपेनले साइडमा बुट्टा भरेँ  । ताकि त्यो मेरो सुन्दर भाग्य बनाेस । फेरि भाग्य जस्तो लेख्ने सुअवसर मिलेको कुरा लेख्न लापरबाही पनि त गर्न भएननि । मज्जाले सजाएर हल्का पर्फ्युम छरेर खाममा प्याक गरेँ ।किताबको बिचमा राखेँ र सिरानी मुनि हालेँ। अब भाग्य तयार भयो अर्थात पत्र ।
त्यो  रात मलाई निन्द्रा लागेन । प्रायः उसका तस्बिरहरु घुम्न थाले स्मृतिमा । सायद उसलाई पनि त्यस्तै भयो हाेला । भाेलि बेर सबेरै उठियाे अनि हल्का नुहाएर झाेला बाेकियाे सेन्ट छरेर लागियाे कलेज तिर । त्यो दिन बुढाहरुले केके पढाए केही स्मरण भएन मात्रै उ घुमि दिमागमा ।  छुट्टि भए लगत्तै उसले खबर पठाएको साथिलाइ विश्वास गरेर पत्र थमाएँ । उसले लगेर उसलाई दिएको देखेँ हल्का राहतको अनुभव भयो । त्यसपछि घर तीर लागेँ एक्लै ।
अब उसका यादहरुले काउकुति लगाउन थाले । समय ढिलो चलेको जस्तो लाग्थ्यो । सायद उत्तरको प्रतीक्षा गर्नु परेकाले हाेला । सायद प्रतिक्षाकाे घडि साह्रै पिडादायि हुन्छ । भाेलि सम्म कुर्नु पर्ने थियो उसको उत्तर पाउन । भाेलि बेर उसको पत्र हातमा परेसि पुरै पिरियड नपढि घरमा आए  । पत्र खाेलेर हेरेँ । वाह शब्दहरु क्या सुन्दर । अक्षरहरु क्या मिलेको । सायद उसलाई बानि थियो पत्र लेख्ने याे आभास भयो मलाई । उसले भबिष्यका केही सुन्दर आशाहरु पत्रमा लेखेकी थिई । अनि एउटा फाेटाे पनि पठाएकि रहिछे । सायरिका त कुरै छाेडाैँ सजावट झन खतरा त्यो पत्र त संग्रहालयमा राख्न उत्तम हुने खालको थियो । उ पनि सुन्दर थिई उ जतिकै सुन्दर थियो त्यो पत्र पनि । यसरी पत्र ओहोरदोहोर चलिरहेको थियो ।

प्रेमको असर पढाइमा पर्न थाल्यो । म जेहेन्दारबाट मध्यम श्रेणीको विद्यार्थी बनेँ । पढाइ खस्किएको भए पनि पढाइ भन्दा उ चाहिँ मेरो लागि प्यारि बनी । किताबका हरेक अक्षरहरुमा उसका तस्बिरहरू सलबलाउन थाले । अनि मस्तिष्कमा उसका शब्दहरू घुम्न थाले ।म झनझन कमजोर बनेँ पढाइमा । हामीले ११ लगभग एउटै प्रतिशत ल्याएर पास गर्याैँ । यश बिचामा हामी बिच धेरै पत्र ओहोरदोहोर भयो । फाेनमा धेरै कुराकानी भए तर हामीले एकअर्कालाई छाेएका सम्म पनि थिएनौं  । पढाइ खस्केसँगै अभिभावकले गालि गर्न थाले तर गालेकाे वास्तै भएन । कहिलेकाहीँ गालि खानु पर्दा त शाेच्ने गर्थें बेकार माया लगाए छु । तर जब म उसलाई देख्थेँ अनि संसार भुल्थेँ र  लाग्थ्यो कि जानेर नै माया लगाए छु । कक्षा १२ काे परिक्षा लगत्तै हाम्रो सम्बन्धमा पनि उतारचढाव आयो । म शहर छिरेँ उ गाउँ बसि  । माेबाईल नभएको कारण खासै कुराकानी हुन्न थियो । म छट्पटीमा हुन्थेँ तर उ चाहिँ खै के भई थाहा भएन । उसले मन बदलेकाे अनुभुती भयो । माया लगाए सँगै म पढाइमा कमजोर बनेँ उ भने राम्रो भई । सायद उसले यत्तिका लागि सम्बन्ध जाेडेकि थिई  र त ताेडि । जब सम्बन्ध ताेडियाे म पागल झैँ बनेँ । सायद जाे काेहि आफुले शाेचे जस्तो जिन्दगी नहुँदा पागल हुन्छ । प्रेम छुटे सँगै जिन्दगीको समाप्ति हुन्न बरु नयाँ सुरुवात हुन्छ भन्दै नयाँ लक्ष्य निर्धारण गरेर अघि बढेँ । आफ्नो दिलकाे मान्छेकाे खुसि हेर्न पाउनु नै खुसि हाे भन्दै हेरेर बसेँ । उसले अन्तै बिहे गरि अन्ततः मैले पनि गरेँ । सायद यहि त हाेला माया अनि जीवन यात्रामा फरक । थाहा छैन उ खुसि छे या दुखि तर म भने अति खुसि छु किनकि अचेल निस्वार्थ प्रेम पाउँछु म ।
दिपेन्द्र परिवर्तित
माल्टा ललितपुर

Saturday, 23 May 2015

गजल

काेहि हात देखाँउछन काेहि चुरा देखाँउछन ।
मेरा झैं सबै सपना  अधुरा देखाउँछन ।

चेपाराे घस्दै सजाउछु दिलमा भन्छन्
राखेर गुलाफ दिलमा छुरा देखाउँछनु ।

काेहि बाहना बनाउँदै आउछन दिल चाेर्न
स्वार्थ पुर्ति गर्न अनेक कुरा देखाउँछन ।

काेहि त यत्ति सम्म गिरेको नि हुन्छन्
माया दिन्छस कि भन्दै पाखुरा  देखाउँछन । 

खै कसको सम्मान गराै दाेधारमा छु म
काेहि दरा देखिन्छन काेहि लुरा देखाउँछन ।

गजल

आज मेरो  दिल चाेरि कट्टु लगाउने ले ।
फालि प्रितकाे डाेरि कट्टु लगाउने ले ।

मलाई त छाेराे जन्माउने रहर छ
पाउँछे हाेला छाेरि कट्टु लगाउने ले ।

गाउँ घरमा मेलापात घाँस दाउरा गर्नुपर्छ
चुट्लि त काेदाे ताेरि कट्टु लगाउने ले ।

आफू त असिनपसिन भईन्छ काम गर्दा
भन्छे कि त फाेहाेरि कट्टु लगाउने ले ।

गाउँमा त कुर्कुचा छाेप्नु पर्छ भन्छन्
देखाउँछे तिग्रा गाेरि कट्टु लगाउने ले ।

गजल

तिमिलाई बसाउन दिल खालि बनाएको छु ।
प्रित फुल्ने हृदयमा डाली बनाएको छु ।

बस्ने या जाने तिम्रो खुसि हाे
मैले त दिलकाे काली बनाएको छु ।

बनेर म  तिम्रो मायाको भक्त
पुज्नलाई भनी सुन्दर थाली बनाएको छु ।

भाग्छ्याै कि सजाएर दिलमा मलाई भनी
वरिपरि राेक्न दिलकाे जाली बनाएको छु ।

हटाएर अविश्वास चाेखाे माया लगाउन
प्रितकाे फाेहाेर बग्ने नालि बनाएको छु ।

Thursday, 21 May 2015

गजल

त्यो धड्कन याे धड्कन जाेड्ने कुरा गर ।
नराम्रो ती  तिम्रा बानि छाेड्ने कुरा गर ।

समाज त सधैं पर्खाल बन्छ मायामा
जस्तोसुकै चट्टान पनि फाेड्ने कुरा गर ।

बाधाहरु आए भने हाम्रो सामु केही गरि
सँगै बाटो एकैतिर माेड्ने कुरा गर ।

शंकाले त माया झनझन कमजोर हुन्छ
विस्वासले साँचो प्रेम गाेड्ने कुरा गर ।

बाउ आमाले अन्तै बिहे गर्ने भने भने
मेरो लागि बाउकाे वचन ताेड्ने कुरा गर ।
दिपेन्द्र परिवर्तित

Wednesday, 20 May 2015

गजल

सुन्दर नानी देख्छु झ्यालबाट ।
बैंशालु जवानि देख्छु झ्यालबाट ।

उसैलाई हेरि म झ्यालमा बस्छु
मायाको खानि देख्छु झ्यालबाट ।

कहिलेकाहीँ उ दुखि हुन्छे धेरै
आँखामा पानी देख्छु झ्यालबाट ।

कहिले लालि लाउँछे कहिले ऐना हेर्छे
अनाैठाे कहानी देख्छु झ्यालबाट ।

अचेल म उसलाई हेरेरै बस्छु
हुन्छ हानि देख्छु झ्यालबाट ।

कहिले लजाउँछे कहिले मुस्कुराउछे
यस्तैयस्तै बानि देख्छु झ्यालबाट ।
दिपेन्द्र परिवर्तित

गजल


गरि आलाेपालाे तिम्रो गलामा ।
हाल्थेँ  अँगालो तिम्रो गलामा ।

एकान्तमा हामी दुई जिस्कँदै रम्दा
राख्थे  टालाे तिम्रो गलामा ।

मुस्कुराउँदै झिक्थे सधैं मैले नै
माकुरि जालो तिम्रो गलामा ।

झिकेर सधैं  दिन्थे रुमाल म
पुछ्न कालो तिम्रो गलामा ।

दिपेन्द्र परिवर्तित

Sunday, 17 May 2015

भुकम्पले तहसनहस माल्टा

माल्टा(ललितपुर )/- विनाशकारी भुकम्पले माल्टा गाविसमा पनि ठुलो क्षति पुगेको छ । राजधानीबाट करिब ४० किलोमिटर टाढा रहेको उक्त गाविसका प्रायः घरहरू बस्न याेग्य छैनन् भने करिब ४०% घरहरु पुर्णतः ध्वस्त भएका छन ।  यसैबीच माल्टा गाविसको वडा नं ४ पाखाेलामा बैशाख १२ गतेको विनाशकारी भुकम्पमा परि स्थानिय ८० वर्षिय सन्चमाया माेक्तानकाे मृत्यु भएको छ भने अन्य केही समान्य घाइते भएका छन । पाखाेलामा प्राय  सबै घरहरुमा क्षति पुगेको र मानिसहरु त्रिपाल मुनि बसिरहेको जानकारी स्थानीय आशिष वाइवाले दिए । सरकारि र गैरसरकारी संघसंस्थाले गरि करिब ११ पटक राहत बितरण गरिसके तर राहत माेटरबाटाे भएको ठाउँसम्म मात्रै आउने हुँदा त्यहाँबाट पिडित सम्म ल्याउन कठिन रहेको जानकारी उनले दिए । पाखाेला संगै रहेको वडा नं ४ कै छाेक्करपाखा झन विकट भएको हुँदा त्यहाँ राहत लान झनै कठिन भएको उनलेे बताए ।

यसैबीच माल्टा वडा नं ९ गहुँबारिमा पनि प्राय घरहरु पुर्णतः क्षति भएका छन । घरहरू लडे पछि स्थानीय पालमा आफ्नो जीवन गुजारा चलाईरहेका छन । राहतहरु आए पनि माेटरबाटाेकाे सुविधा नहुनुले राहत लिन कठिन भईरहेकाे स्थानीय सुजित लामाले बताए । उनले भने घरहरू लडेका छन खानेकुरा पनि पुरिएको छ पालमा बसेर जीवन धान्न गाह्राे छ ।
यसरि क्षति भए लगत्तै भुकम्प पिडितलाई राहत जुटाउन आफुहरु सक्रिय रहेको स्थानीय समाजसेवी तथा दलका नेता कार्यकर्ताले बताए । उनिहरु भन्छन् जसरि हुन्छ हामी दिन रात खटिएका छाैँ र पिडितकाे घाउमा मलम लाउने नै छाैँ । अहिलेसम्म माल्टामा विभिन्न सरकारि तथा गैरसरकारी संघसंस्थाले राहत बितरण गरिसकेका छन । गैरसरकारी संस्थाकाे ध्यान यतिबेला माल्टाका भुकम्प पिडित प्रति केन्द्रित हुँदै गएको छ । अहिलेसम्म रक्षा नेपाल, सेफ द चिल्ड्रेन, एल डब्लु एफ लगाएतका संघसंस्थाले राहत वितरण गरेको जानकारी स्थानीयले दिए ।
भुकम्पले माल्टाका प्रायः विद्यालयहरुमा क्षति पर्याएकाे छ । यसले अब बालबालिकाकाे भविष्यमाथि पनि प्रश्नचिन्ह खडा गरेको छ । तत्काल पुनःनिर्माण गर्न सकिने अवस्था पनि नहुनु र पुरानो भवनमा शिक्षण गर्न सक्ने अवस्था पनि नरहेकोले अब विद्यालय खुले सँगै विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता रहेको शिक्षकहरू बताउछन् । मनसुन सुरु हुन लाग्नु र विद्यालय भवनमा क्षति हुनुले शिक्षण अन्याेलमा परेको शिक्षकहरूकाे भनाइ छ ।

Saturday, 16 May 2015

स्विटरले तानेको कपाल अनि मनले नपाएको चाल


समय र परिस्थितिकाे सिमानामा रहेर हरेकले आफ्नो जीवन चलाईरहेकाे हुन्छ । म पनि त्यहि जीवन चलाउने अभ्यास गर्दै थिएँ । कुराे एसएलसी पछिको हाे । भरखरैकाे जवान केटाे जब एसएलसी पास गरेर शहर पस्यो । एक दुई दिन त शहरमा घुलमिल हुन पनि गाह्राे भयो ।विवशताले बिस्तारै बानि पर्दै गयो । एकदुई दिनको घुमघाम पछि कलेज गईयाे । कलेजमा प्राय सबै साथीहरू नयाँ थिए । तर एक जना साथि सँगै स्कुल पढेकी थिईन । जसले गर्दा म त्यो कलेज गएको थिएँ । गेटमा उनलाई पर्खेर बसेँ सँगै कक्षामा गईयाे । केही बेर पछि अर्को नयाँ साथि पनि आईन  र हामी बसेकै डेस्कमा झाेला राखिन र बसिन । नयाँ मान्छेसँग बाेल्न लजाउने मेरो पुरानो बानि नै थियो । सायद मेरो मुहारकाे भावले उनले यसकाे मेसाे पाईन हाेला त्यसैले उनले मुख खाेलिन । "के छ खबर?" उसले प्रश्न गरि । अब त बाध्य भएर उत्तर दिनै पर्‍याे ।  "ठिकै छ" मैले उत्तर दिएँ अनि प्रतिप्रश्न उसैलाई गरेँ "अनि तपाईकाे के छ नि ?" उसले नि ठिक भएको बताई । यसरी परिचय नै नगरी एकाएक खबर शाेधेकाेमा म चकित थिएँ । प्रायः मान्छेहरु पहिलो भेटमा परिचय साेध्छन तर उसले त खबर साेधि । खयर जे भएनि कुराकानी भयो ठिकै भयो । हाम्रो बसाइ एउटै डेस्कमा भयो । सुरुवाती कक्षा भएर हाेला सरहरु पढाउन खासै आउनु भएन । प्राय पिरियड हल्ला गरेर नै बित्यो । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ क्लास र नयाँ कलेजमा तर पनि नियमित भेटघाट भएको मान्छेहरु जस्तै भयाैँ  हामी केहि पलमा नै । धेरै केटा साथीहरूसँग परिचित हुने सुअवसर मिले पनि उनी खास बिनिन किनकि उनको मुस्कानले त्यो पललाई खास बनाईरहेकाे थियो । कक्षा बिहानै चल्ने हुँदा हामी कलेज पुग्दा सुर्याेदय भएको हुन्न थियो । मनाेरम प्रकृति अनि सुन्दर अनुहार र मिठाे मुस्कानले साँच्चिकै आनन्द आभास भईरहेकाे थियो । हल्का बाटुलाे अनुहार गाेराे छाला अनि पुष्ट शरीर झट्ट हेर्दा खस आर्य वर्णकि जस्तो देखिन्थिन उनी ।
सायदै उनलाई देख्दा माेहित नहुने मान्छे कमै मात्र थिए हाेला त्यो शहरमा । म पनि कताकता हराएको अनुभुती गर्दै थिए ।
कलेजकाे पहिलो दिन कुन पिरियड कुन सरकाे भन्ने थाहै थिएन । उनले नै मलाई जानकारी दिन्थिन । तेस्रो र चाैथाे पिरियड ऐच्छिक विषयकाे रहेछ । शिक्षाशास्त्रमा गणित पढ्ने म र मेरो साथि गणित कक्षा तर्फ लम्किँदै गर्दा उनी पनि हाम्रो पछि थिईन त्यस पछि थाहा भयो कि उनी पनि गणित नै पढ्ने रहिछन् । हामीलाई पढाउने सर नआउनु भएकोले मज्जाले जिस्कने र हाँस्दै बस्ने अवसर मिल्यो । र त्यहि समयमा हामिले धेरै कुराहरू गर्ने समय पायौं । तर परिचय भने भएन । उसले पनि नाम साेध्ने हिक्मत गरिन र मैले पनि गरिन । कक्षा सकिए पछि छुट्ने बेलामा उ पनि मसित तलतिर झरि ।  मेरा काेठा कलेजभन्दा अलिक तल थियो । अब बाटोमा हामी दुई जना मात्रै भयाै ।केही समय त कुरा कहाँबाट गराै भन्ने साेच्दा साेच्दै बित्यो । सायद उसले पनि त्यहि साेचि हाेलि । करिब पाँच मिनेट चुपचाप हिँडियाे । त्यस पछि शुन्यतालाई ताेड्दै उसले कुराकानी सुरु गरि  "साँचि तपाईंको नाम के हाे नि? " मेरो परिचय दिँदै मैले पनि उसले साेधेकै प्रश्न उसलाई साेधेँ  । उसले भनी गंगा  । फेरि प्रश्न गरेँ गंगा!! थर चाहिँ के नि ? उसले प्रतिप्रश्न गरि के हाे जस्तो लाग्छ । "खै मैले के हाे भन्नू र मुहारले थरकाे झल्को दिँदैन नि मिस" मैले उत्तर दिएँ ।  उ हल्का मुस्कुराई र अनुमान गर्न आग्रह गरि । बाध्य भएर अनुमान गर्नै पर्ने भयो  । हचुवामा झटाराे हान्दिए "क्षेत्री हाे ?" उसले फेरि प्रश्न गरि के म क्षेत्री जस्तो छु र । मलाई हल्का लाज लाग्याे कतै मेरो अनुमान फेल त भएन मनले शंका गर्दैन थियो । जे भएतापनि आखिर उत्तर दिनै थियो दिएँ । मैले भने याे अनुमान हाे क्या ठ्याक्कै मिल्छ भन्ने त छैन नि । तर हेर्दा त्यस्तै देखिनु हुन्छ क्या मैले फेरि थपेँ । उसले भनी तपाईकाे अनुमान मिलेको छ । म मख्ख परेँ । कहिलेकाहीँ अनुमान मिल्दा नि मख्ख पर्नुपर्ने तर यहाँ त झन मख्ख हुनै पर्याे नि अपरिचित सँग चिनजान गर्दा मिलेको छ अनुमान । उसले फेरि भनी म गंगा क्षेत्री हाे । त्यस पछि त प्रश्न गर्ने साहस पनि पलायो अनि साेधिहालेँ तपाईकाे घर कता नि उसले भनी लेले । अनि उसले साेधि तपाईंको नि ? मेरो माल्टा मैले यथार्थ उत्तर दिएँ । हामी बिचमा जसले प्रश्न साेधे पनि त्यहि प्रश्न आफुलाई पनि आउने गर्थाे  । हुनत परिचयमा यस्तै हाे । अन्ततः मैले साेधेँ तपाई कता हिँड्नु भएको ? कि तपाईंको बसाइ नि यतै हाे ? उसले आफू साथिकाेमा जान लागेको बताई । उसको साथिकाे र मेरो बस्ने ठाउँ करिब ३ मिनेट अन्तरमा रहेछ । उ  छुट्टिएर साथिकाे तिर  लागि म काेठा तिर लागेँ । तर मलाई त्यो तिनचार मिनेटको बाटो अघि काटेको १८ मिनेटको बाटो भन्दा लामो लाग्यो । जब हामी छुट्टियाै मेरो मन उसले लगेको आभास भयो । त्याे दिन उसको कल्पनामा बित्यो ।
यस्तै क्रम दुईचार दिन चल्याे । हरेक दिन कलेज जाँदै गर्दा बाटोमा मेरा मस्तिष्कहरुमा उ सँग हिँडेको त्यो पल घुमिरहेका हुन्थे । मानाै कि म कलेज हैन कतै डेटिङ जाँदै छु  । कलेज पुगेसि हामी सँगै बस्थ्याै । मेरो छेउमा उ थिई अनि उ भन्दा उता मेरै गाउँ कि एकजना साथि थिईन । म स्विटर लगाएर कलेज जाँन्थेँ पुसमाघकाु जाडाे याम थियो । मैले लगाएको स्विटरले उसको सिल्कि कपाललाई तान्दाे रहेछ याे कुरा छेउकि साथिले चाल पाईछन । उ मुस्कुराई र कपाल मिलाई । उसको हरेक मुस्कानले मेरा मनमा कम्पन गराउँथे कि म झटका महशुस गर्थेँ । छिनछिनमा त्यो कपाललाई मेरो स्विटरले तान्थ्याे उ मुसुक्क हाँसेर कपाल मिलाउथि  । हरेक पटक स्विटरले कपाल तानेको देख्दा म यस्तो साेच्थेँ कि यसै गरि उसको सिल्कि मन पनि तान्न मिल्ने भए याे स्विटरले कपाललाई गरेको भन्दा धेरै माया गर्थें । यसरी मन तान्न सके उ त्यो पल पनि मुस्कुराउँथि हाेला अनि यसरी नै समालिन खाेज्थि हाेला अनि म झन मनाेमानि गर्थें हाेला यस्तै यस्तै कुरा मनमा खेलेको हुन्थ्यो ।
चारपाँच दिन लगातार कलेज गए पछि एक दिन भुसुक्कै निदाएछु कलेज जानै भ्याईन । उसले फाेन गरि म निन्द्रामा नै थिए । मैले साेधेँ तपाईले।नम्बर कहाँबाट पाउनु भयो उसले भनी साथिसँग मागेको । "अनि किन कलेज नआउनु भएको ?" उसले प्रश्न गरि ।  निदाएछु अनि भनेकाे त माेरि हाँसि अनि फाेन राखि।  मलाई लाग्थ्यो म मात्रै यसरी तड्पिएकाे छु तर हैन रहेछ म कलेज नजाँदा उ पनि तड्पिने रहिछ ।
सायद हामी दुबैकाे मनमा प्रितकाे अंकुरण भईसकेकाे थियो । भाेलि बेर कलेज गईयाे । क्लासमा फस्ट डेस्कमा सँगै बसियाे । स्विटरले आफ्नो प्रिय कपाललाई छिनछिनमा अंगालो हालि रह्यो । उसले त्यसलाई हटाई रहि । उ सधैं कपाल छाेडेर आउथि म सधैं स्विटर लगाएर जान्थेँ । उ चाहन्थि कपाल तानाेस म नि चाहन्थे कपाल स्विटरले तानाेस अनि उसको मुस्कान हेर्न पाईयाेस । त्यसैले त्यो जाडो महिना भरि ज्याकेटले आराम पायो किनकि स्विटरकाे लभ परेको थियो ।
त्याे दिन अंग्रेजी शिक्षक आउनु भएको रहेछ । बुढाले कक्षामा छिर्ने बितिक्कै परिचयबाट कक्षा अगाडि बढाउने प्रस्ताव राखे हामीले हुन्छ भन्यौं  । फस्ट डेस्कबाट सुरु भयो सुरुमा म नै परेँ । मैले आफ्नो परिचय दिएँ त्यस पछि उसको पालाे आयो उसले नि परिचय दिई ।  तर आश्चर्यजनक किनकि उसले मलाई बताएको नाम र कक्षामा परिचयमा भनेको नाम बिल्कुलै फरक । उसले परिचयमा भनी भावना तामाङ । म आश्चर्यमा परेँ किन यस्तो भनी किन यसरी मलाई झुक्याई मनले प्रश्न गर्न थाल्याे । केटिहरु वास्तविकता लुकाउछन भन्थे हाे रहेछ भन्ने लाग्यो ।
गणितकाे पिरियडमा मैले उसलाई साेधेँ "किन मलाई झुट बाेलेकाे ? " उसले उत्तर दिई तपाईलाई सत्य सावित गर्न । म रिसाएको जस्तो गरेँ उसले माफि मागि र मैले पनि माफि दिए । सायद मायामा रिसमा पनि माया नै हुन्छ हाेला जसरि घिउ झिक्ने चम्चामा घिउ हुन्छ नि । हुनत मेराे पहिल्यै एउटिसँग लभ परिसकेको थियो ।एक दिन खालि समयमा फाेन गरेँ उसलाई त्याे बेला उही गंगाले देखिथिन अनि फाेन राखेसि साेध्थि प्रेमिका हाे ? मैले हाे भनेँ । त्यस पछि उसको मनमा केही निराशा छाए जस्तो लाग्यो । कतै आफुले गल्ति त गरिन मलाई पनि यस्तो लाग्यो । आखिर जे भएतापनि वास्तविकता भन्नु कुनै गल्ति पनि त हैन । यसै बिच अर्को दिन कुरैकुरामा मैले मेरो प्रेमिका उ भन्दा राम्रो रहेको बताएको थिएँ । उसले त्यसाे भए हेराैँ न त भन्दै थिई केही समय पछि उ पनि पढ्न आउने कुरा मैले उसलाई भनेँ ।
केही दिन पछि गँगाले शिक्षाशास्त्र छाेडिन र अरु नै पढिन । अन्ततः स्विटरले प्रेमिका गुमायो त्यस पछि स्विटरलाई आराम दिएँ अनि ज्याकेट लगाएँ । समयसँग प्रेमिका पनि पढ्न आइन गंगाले देखिछन अनि मलाई भेटेर भनिन् तपाईंको म भन्दा राम्रि प्रेमिका देखेँ नि । म निशब्द भएँ  ।  उ हिँडि । वास्तवमा उ प्रेमिका भन्दा राम्रो थिई तर सुन्दरताकाे पछि लागेर अर्किलाई धाेका दिनु नि भएन नि । यहि साेच्याे मनले अनि उहीँ सँगै बसियाे ।
हुनत अहिले म एक्लै छु । उसको पनि अन्त कतै लभ परेको छ भन्ने सुनेको छु । सायद स्विटरले तानेको ती कपालले अझै मेरो स्विटरकाे याद गर्दै हाेलान जसरि म उसकाे याद गर्दै छु ।अचेल त म अनि स्विटर दुबै प्रेमिकाकाे यादमा छाैँ तर विडम्बना अब प्रेम सम्भव छैन ।

दिपेन्द्र चाैलागाँई 

माल्टा ललितपुर