Translate

Sunday, 23 August 2015

गजल

बेमौसमी बर्षात नभइदिए हुन्थ्यो ।
सानाेठुलो जात नभईदिए हुन्थ्यो ।

म सधैं साेच्छु याे माया प्रेममा
कसैबाट घात नभईदिए हुन्थ्यो ।

त्यो सुन्दर गुलाफकाे वरिपरि
काँडा अनि पात नभईदिए हुन्थ्यो ।

कहिलेकाहीँ उनिसित मेरो भेट हुँदा
दिन ढलेर रात नभईदिए हुन्थ्यो ।

त्यो तिम्रो सुन्दर मुहार देख्दा लाग्छ
जवानिमा मात नभईदिए हुन्थ्यो ।

गजल

काेहि गुमेनि काेहि पाउने चाहना थियो ।
एउटि शीत माया लाउने चाहना थियो ।

प्रितकाे झुपडी अविश्वासले चुहियाे भने
हामी दुई मिलेर छाउने चाहना थियो ।

एकान्तमा हामी दुई अँगालोमा बेरिएर
सुमधुर मनको भजन गाउने चाहना थियो ।

पूरा भएनन् मेरो त्यी मनका रहरहरु सानू
तिमिलाइ पाउन मन्दिर धाउने चाहना थियो ।

तिमिले त सुटुक्क बिहे गरिसकिछ्याै सानू
मलाई तिम्रो बिहेमा आउने चाहना थियो ।

मुक्तक

नयाँ जिन्दगी र संसार दिन्छ्याै भने ।
आमाको भन्दा माया अपार दिन्छ्याै भने।

म पनि साेचाैँला हाम्रो जिन्दगीकाे बारेमा
साँच्चिकै प्रितकाे फुल्ने दरबार दिन्छ्याै भने ।

गजल

कसैको नजरमा गड्दै छु म ।
मायाको शिखर चढ्दै छु म ।

तिमी पछि बसि खुट्टा तान्नु
बिस्तारै अघि बढ्दै छु म ।

मनाउन तयार हुनु तिमी खुसियाली
सफलताको बाटोमा लड्दै छु म ।

के हाे जीवन के हाे प्रित बुझ्न भनेर
स्वयम् आफैंलाई पढ्दै छु म ।

दुनियाँले अब धारे हात लाउने छन्
समाजकाे नजरमा सड्दै छु म ।

मुक्तक

हेराईमा नशालु छुरा भयो भने ।
हातमा राता चुरा भयो भने ।

तिमी शीत माया बस्न पनि सक्छ
अनलाइन हल्का कुरा भयो भने ।

मुक्तक

माया बस्ने मुटुमा तरबार भएपछि ।
मेरो झुपडी उसको दरबार भएपछि ।

अब हाम्रो सम्बन्ध के नै बाँकी छ र
मलाई छाेडि अन्तै घरबार भएपछि ।

Saturday, 22 August 2015

गजल

बनाउछु भन्नेले देश लुटेको देखियो ।
सर्वहाराका पार्टी पनि फुटेको देखियो ।

सत्ताको बार्गेनिङमा कुरा नमिल्दा खेरि
एउटा गुटले अर्को गुट कुटेको देखियो ।

क्रान्ति सफल पार्छु भन्दै अघि बढेकाहरु
विचार नमिल्दा बिचैमा छुटेको देखियो ।

यत्ति सम्म गिर्दा रहेछन् राजनीति गर्नेहरु
आन्दोलन भन्दै जनता चुटेकाे देखियो ।

समर्थन गर्ने क्रान्तिकारी नत्र प्रतिगामी अरे
क्रान्ति भन्दै युवालाई  भुटेको देखियो ।