याे हाे हाँसो तिम्रो लागि ।
प्रितकाे नासाे तिम्रो लागि ।
याे हृदयमा सजाकाे छु
माया साँचाे तिम्रो लागि ।
सित्तैमा दिउँला खुसि
भए खाँचो तिम्रो लागि ।
भन्ने सुरमा छु म सानू
केही गुनासो तिम्रो लागि ।
दिप शर्मा
२०७१-११-७
कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
याे हाे हाँसो तिम्रो लागि ।
प्रितकाे नासाे तिम्रो लागि ।
याे हृदयमा सजाकाे छु
माया साँचाे तिम्रो लागि ।
सित्तैमा दिउँला खुसि
भए खाँचो तिम्रो लागि ।
भन्ने सुरमा छु म सानू
केही गुनासो तिम्रो लागि ।
दिप शर्मा
२०७१-११-७
मैले देकाे गुलाफ भन्दा उसले देकाे पात ठुलाे ।
आखिर जेजे खाेके पनि भयो तिम्लाइ जात ठुलो।
जब उसमा नजर पर्याे मेरा मुस्कान भए फुस्रा
मेरो सम्मान भन्दा उसको झर्किफर्कि बात ठुलो ।
भनेकै थेँ मैले पनि जीवन भरि साथ दिउँला
म दुखिकाे जीवन भन्दा तिम्लाई उसको हात ठुलो ।
साेच्या थिईन कहिल्यै मैले माेजमस्ति गर्लिउ भनी
मेराे समिपकाे दिन भन्दा उसको काखकाे रात ठुलो ।
तिम्रो खुसि मेराे नि खुसि भनी चित्त बुझाएको छु
जिन्दगीमा तिम्ले देकाे भयो मलाई घात ठुलो ।
दिप शर्मा
२०७१-११-७
मसँग मेरि काली छे साथमा ।
प्रित फुलाउने डाली छे साथमा ।
उहिसँग रमाउने हाे उसको फुलबारिमा
सुन्दर जवानिकाे माली छे साथमा ।
मलाई केके भन्दै झुक्याउछे घरिघरि
चाेखाे माया छान्ने जालि छे साथमा ।
मेरै हातले भर्छु भन्छे उस्काे सिँउदाे
बाेकेर सिउँदाे खालि छे साथमा ।
दिप शर्मा
२०७१-११-६
आमाबाउकाे वचन पनि नाघें कत्ति चाेटि ।
तिमिलाई भेट्न स्कुलबाट भागें कत्ति चाेटि ।
सानू तिमिले चाेट दिंदा काेमल हृदयमा
चाेट सहन कुलतमा नि लागें कत्ति चाेटि ।
सयौं जनम मेरि सानू मैंसँग रहुन भन्दै
भगवानसँग एउटै वरदान मागें कत्ति चाेटि ।
भावनालाई नबुझेर हाम्रो ठाकठुक पर्दा प्रिय
चाेखाे प्रिति जाेगाउन जागें कत्ति चाेटि ।
दिप शर्मा
२०७१-११-५
रुवाउने भेटें धेरै हांसाे दिने भेटिएन ।
हृदयमा चाेखाे प्रितकाे नासाे दिने भेटिएन ।
मरे मर बाँचे बाँच मतलब छैन भने तर
आजै मर भनेरै पासाे दिने भेटिएन ।
डर लाग्छ तिम्रो माया पाेखिन्छ कि कतै ।
भेट्न नपाई याे ढुकढुकि राेकिन्छ कि कतै ।
भन्न त भन्छेउ तिमी साँचाे माया गर्छु सधैं
संका लाग्छ चट्टानमा मन ठाेकिन्छ कि कतै ।
पिरतिमा धनी-गरिब सानाे-ठुलो हुन्न भन्दै
तराजुमा सच्चा माया जाेखिन्छ कि कतै ।
सबै भन्छन संसारमा अमुल्य छ सच्चा माया
यहि मायाको मुल्य पनि ताेकिन्छ कि कतै ।
दिप शर्मा
२०७१-११-३
मैले पनि उसलाई लेख्या छु प्रेमपत्र ।
कस्तो हुन्छ सजावट देख्या छु प्रेमपत्र ।
भेट्लान सजिलै थाहा पाउलान अरुले भन्दै
खामै खामकाे चाङले छेक्या छु प्रेमपत्र ।
निष्ठुरीकाे कठाेर वचन सम्झि भक्कानिदा
भिजे पछि अँगेनुमा सेक्या छु प्रेमपत्र ।
उसैले सिकाकि हाे यसरी लेख्ने पत्र भन्दै
लेख्न दुनियाँकाे स्वयंम ठेक्या छु प्रेमपत्र ।
दिप शर्मा
२०७१-११-२