Translate

Saturday, 19 September 2015

गजल

देखिन यार दाग जवानी भित्र ।
प्रेमको छ राग जवानी भित्र ।

हल्काहल्का आँखा झिम्कयाएर
राख्छे दिलकाे माग जवानी भित्र ।

साँच्चिकै जिन्दगी सुप्पिने हाेर
मलाई नि छ भाग जवानी भित्र ।

यसै गरि भक्ति देखायाै भने
बन्न सक्छ्याै नाग जवानी भित्र ।

तिमी र म सुटुक्क खानुपर्छ भनी
राखेको छु साग जवानी भित्र ।

Saturday, 5 September 2015

गजल

बाेकि प्रितकाे छाता तिमी गएपछि ।
के रह्यो र नाता तिमी गएपछि ।

बिछाेडकाे पिरले भक्कानिएर रुँदा
भए आँखा राता तिमी गएपछि ।

बाँकी छ अझै प्रेमको हिसाब किताब
उधारो छ खाता तिमी गएपछि ।

कुरा काट्छन् अचेल दुनियाँले मेरो
च्याति दिलकाे गाता तिमी गएपछि ।

तड्पिएर बाँचेको छु तिम्रो यादमा प्रिय
फर्काइ मेरो पाता तिमी गएपछि ।

गजल

भेट हुँदा केही भने जस्तो गर्छे ।
आत्मिय मित्र नि बने जस्तो गर्छे ।

साथीकाे अगाडि त माया देखाउदिन
बरु उल्टै खुइराे खने जस्तो गर्छे ।

मन्द स्पर्श गर्दै समाओस भनेर हाेला
आत्था भन्दै रुँदै कने जस्तो गर्छे ।

मात्तिएर बाेल्छे यार फाेनमा पनि सधैं
नाता अजम्बरि र'ने जस्तो गर्छे ।

भन्छे जस्तोसुकै दुख नि झेल्न सक्छु
कत्ति न दुख स'ने जस्तो गर्छे ।

गजल

जब भेट्ने मन भयो अँधेरिमा ।
बेहाेसि भइ चुम्बन भयो अँधेरिमा ।

खाेलि उसले पनि मन भित्रका कुरा
तिता मिठा गन्थन भयो अँधेरिमा ।

मज्जा त भेटमा सधैं हुने गर्छ
साँच्चिकै मज्जा झन भयो अँधेरिमा ।

जब चढ्यो जवानिकाे रंग जिन्दगीमा
अनि एउटै तन भयो अँधेरिमा ।

शंकाले त माया छुट्न सक्छ भन्दै
हरेक कुरा कन्चन भयो अँधेरिमा ।

Thursday, 3 September 2015

गजल

अन्तै लगन कस्नुकाे नि कारण त केही हाेला ।
पराइ मनमा बस्नुकाे नि कारण त केही हाेला ।

पाएकि छैनाै कि के हाे चाहे जति खुसि तिमिले
भेट्दा आँसु खस्नुकाे नि कारण त केही हाेला ।

मलाई भुलि सिन्दुर पहिरि दुलही बन्दै उसको
उसको घरमा पस्नुकाे नि कारण त केही हाेला ।

भन्छ्याै सधैं तिम्रो यादले मलाई तड्पाउँछ
पलपल मुटु डस्नुकाे नि कारण त केही हाेला ।

कि गएकि हाैउ तिमी सुख पाउने प्रलोभनमा
चट्ट सिन्दुर घस्नुकाे नि कारण त केही हाेला ।

Wednesday, 2 September 2015

मुक्तक

उ  थियोे मुटुमा राेग थिएन ।
सायद हाम्रो माया उपभाेग थिएन ।

साँच्चिकै मलाई माया गर्थ्याे भने
गएर शत्रुको पाउ ढाेग थिएन ।

Tuesday, 1 September 2015

मुक्तक

याे दिलमा नयाँ चमत्कार हुँदै छ ।
कसैको सपना बलत्कार हुँदै छ ।

भाे अब मेरो आश मारे हुन्छ कान्छी
पराइलाइ स्वागत सत्कार हुँदै छ ।