Translate

Saturday, 10 October 2015

मुक्तक

साथिसँग ख्याल ठट्टा हुन्थ्यो ।
हातमा कागज अनि बट्टा हुन्थ्यो ।

त्यो बालापन अझै सम्झना छ
नाकमा सिंगान हातमा गट्टा हुन्थ्यो ।

Wednesday, 30 September 2015

गजल

गर्छ्याै मिठाे बात भेटेपछि ।
छिट्टै हुन्छ रात भेटेपछि ।

एकान्तमा चढ्दाे जवानी हुँदा
चढि हाल्छ मात भेटेपछि ।

बाेलाउँछ्याै फुल देखाउँदै
दिन्छ्याै अनि पात भेटेपछि ।

हराउँदै बैँशकाे उन्मातमा
समाउँछ्याै हात भेटेपछि ।

शंका लाग्छ यार मलाई त
दिन्छ्याै कि घात भेटेपछि ।

Sunday, 27 September 2015

मुक्तक

यसरी विस्वास दिलाइ उसले ।
अमृत भन्दै जहर पिलाइ उसले ।

दर्ता गर्छु भन्दा प्रेमको उजुरि
फकाएर गुपचुपमै मिलाइ उसले ।

गजल

झुटा कसम कति खायौ हाेला है ।
अन्त पनि माया लायाै हाेला है ।

हजार दिल चहार्दै हिँड्दा खेरि
तिरस्कार र घृणा पायौ हाेला है ।

यस्तो हाेस् भगवान उस्तो हाेस भन्दै
देवि पुज्न मन्दिर धायाै हाेला है ।

आँखा मारिमारि मन्द मुस्कान छर्दै
दुईचार दिन खुसि छायाै हाेला है ।

यस्तो हाे साँचो माया पिरिम भनेर
दुनियाँलाई भजन गायाै हाेला है ।

गजल

काेहि आउनु जानू याे त रित नै हाे ।
झुटा कसम खानु याे त रित नै हाे ।

दुइचार दिन खुसि दिए जस्तो गरि
जाँदा खाेसि लानु याे त रित नै हाे ।

दिन्छे उ आफैं मुटु भरि पीडा मलाई
भन्छे अझै सानू याे त रित नै हाे ।

जताततै मुसलधारे पानी दर्किदिँदा
चुहिनु खरकाे छानु याे त रित नै हाे ।

भन्छन् सबै धेरै पढ्नु बुद्धि लगाएर
बन्नुपर्छ भानु याे त रित नै हाे ।

गजल

खुल्ला थियो दिल बन्द थिएन ।
त्यहाँ प्रितकाे कुनै सुगन्ध थिएन ।

आउने गर्थिन सधैं आवेगमा उनी
उसको प्रेम गति मन्द थिएन ।

लेख्या रैछ प्रेम सायरि पत्रहरुमा
मिल्दो अनुप्रास अनि छन्द थिएन ।

देखिन्थ्यो केही नजरमा कसुर उसको
तर आवाजमा त्यो बुलन्द थिएन ।

आँखाले त प्रेम भाव सधैं झल्काउँथ्याे
तर मुखले प्रेम गर्छु भन्द थिएन ।

गजल

दिल भित्र पिरतिकाे ताल देउन मलाई ।
अरे यार त्यो घाँटीकाे रुमाल देउन मलाई ।

रुझ्न मन छ डुब्न मन छ पिरतिकाे सागरमा
मन्द मन्द प्रेम फाल्ने छाल देउन मलाई ।

कस्तो मज्जाले हिँड्छ्याै बेग्लै छ स्टाईल
तिम्रो जस्तै हिँड्न मिल्ने चाल देउन मलाई ।

कसरी पार्न मिल्छ माछि झैं प्रेम जालमा
मुटु तान्ने प्रेम रुपि जाल देउन मलाई ।

सधैंभरि तिम्रो काखमा लड्ने रहर मेरो
उमंग र खुसि मनमा बबाल देउन मलाई ।