लन्डन : लोकप्रिय भौतिक वैज्ञानिक प्रोफेसर स्टिफन हकिङले फेसबुकमा प्रशंसकहरूलाई 'जिज्ञासु' बन्न सल्लाह दिँदै पहिलो पोस्ट् लेखेका छन्। स्टिफन अक्टोबर ७ मै फेसबुकमा आएका थिए तर उनले अहिले पहिलो पटक पोस्ट् गरेका छन्।
उनले लेखेका छन्, 'म सधैं सृष्टिको रचनामा आश्चर्य गर्छु। समय र अन्तरिक्ष सधैं रहस्य बनेको छ र यसमा मेरो कोसिस रोकिएको छैन। यस यात्रालाई तपाईंसँग साझा गर्न उत्सुक छु। जिज्ञासु बन्नुस्। म पनि सधैं जिज्ञासु बन्नेछु।' युनिभर्सिटी अफ क्याम्ब्रिजमा गणित तथा सैद्धान्तिक भौतिक शास्त्रका प्रोफेसर रहेका स्टिफनको नाम अल्बर्ट आइन्स्टिनपछि आउने गर्छ।
ब्रह्मान्ड तथा भौतिक क्षेत्रको कैयौं रहस्य सुल्झाउने बेलायती नागरिक स्टिफन सन् १९८८ मा आफ्नो पुस्तक 'द ब्रिफ हिस्ट्री अफ टाइम'बाट पूरै विश्वमा चर्चामा आएका थिए। ब्ल्याक होल र बिग ब्याङजस्ता विषयलाई उनको अनुसन्धान र विचारले छर्लंग गर्ने कार्य गरिरहेको छ।
मोटर न्युरोन रोगबाट ग्रसित स्टिफन हकिङले यो सबै काम एक ह्विल चेयर, कम्प्युटर र वायस जेनरेटरको माध्यमबाट गरेका हुन्। उनी फेसबुकमा आएलगत्तै नौ लाख फलोअर भइसकेका छन्।-एजेन्सी
कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Thursday, 27 November 2014
Facebook ma
Wednesday, 26 November 2014
महिलाको याैन चाहना यसरि थाहा हुन्छ
काठमाडौं । पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ । पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने स्वभावका हुन्छन् ।
पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१. तपाईलाई छुने बहानामा नजिक हुनुः महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२. नजिक भएर लामो लामो स्वास फेर्नु : यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
३. एकान्त होस भन्ने चाहेमा : यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४. अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु : स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५. अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखेमा : यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।
पावरमा पावर न्युज कार्यक्रम सञ्चालन गर्ने भिजे।
काठमाण्डु, १० मंसिर– पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’
काठमाण्डुबाट एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका पावर न्यूजवाला पत्रकार प्रेम बानियाँले ‘म आईजीसँग बसेर रक्सी आने मान्छे । तँ को होस्, मलाई सम्झाउने । डिस्टर्व गर्ने ? कति खानुपर्छ भनेर सिकाउने ?’ उनले थापाको फुली समातेर तान्दै भने, ‘तेरो के हैसियत छ ?’
प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एलडिओसँग बसेर डिनर खाइरहेका सहकुल निरीह देखिए । कसैले बोल्ने आँट गरेनन् । मंसिर १ गतेको साँझ त्यहाँ बानियाँको राज चल्यो ।
भरतपुरका ५० जना व्यापारी मिलेर १७ करोड लगानीमा त्यो रिसोर्टमा मात्र होइन प्रेमले हाइटी जाँदा क्याप्टेन बुद्ध थेबेलाई समेत यसरी नै रक्सीले मातेका बेला यौन दुव्र्यवहार गरेका थिए ।
उनलाई त्यसबेला पेस्तोल निकालेर गोली ठोक्नै लागिएको थियो । धन्न बाँचेर आए ।
पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै उजुरी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचारसंहितामाथि पुनरावलोकन गर्ने भएको छ ।
जनआस्था साप्ताहिकबाट
Sunday, 23 November 2014
लुगा फुकालेर सुत्नु फाइदाजनक
२०७१-८-८
सुत्ने वेला तपार्इं लुगा फुकाल्नुहुन्छ कि हुन्न ? साधारणयता यस्तो प्रश्न वाहियात लाग्न सक्छ । तर, यो कुरा तपाईंको स्वास्थ्यसँग जोडिएको छ । लुगा फुकालेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको कुरा विभिन्न तथ्यले पुष्टि भएको छ । अस्ट्रेलियाली अध्ययनकर्ताले यसबारे विभिन्न तथ्य सार्वजनिक गरेका छन् । उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा हुने फाइदा यस्ता छन्:
लुगा फुकालेर सुत्दा अनिद्राको समस्याबाट मुक्ति मिल्छ । किनभने, नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ पुर्याउँछ । राति बारम्बार बिउँझिनुपर्दैन । लुगा फुकालेर सुत्दा शरीरमा कोटिर्जोल नामक तनाव उत्पन्न गर्ने हर्मोनको स्तरमा समेत कमी आउँछ । राति दुई बजेपछि कोटिर्जोलको स्तर शरीरमा बढ्न थाल्छ, तर लुगा नलगाई सुत्दा यो नियन्त्रित रहन्छ । उक्त हर्मोनले भुँडीमा बोसो जमाउने काम गर्छ । त्यसैले यसरी सुत्दा अनावश्यक पेट लाग्दैन ।
लुगाविहीन अवस्थामा सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । शरीरको तापक्रम कोठाको तापक्रमबराबर हुँदा शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले बुढ्यौली पर पुर्याउन सघाउ पुर्याउँछ । यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ ।
नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ ।
स्वास्थ्य, मा प्रकासित भएको
अनुहार र व्यवहार
२०७१-७-८
अनुहार झट्ट देख्दा मनिसलाइ एक अर्काको बिचमा परिचित गराउने माध्यम या मानव अंग हाे । मानिसलाई एकअर्काको बिचमा परिचित गराउन उसका व्यवहार र अनुहारले सहयोग पुर्याउदछ । मनिसका अनुहार हरेक व्यक्ति व्यक्ति अनुसार फरकफरक हुने गर्दछ । तथापि उसको अनुहारको सुन्दरताले हरकसैलाई एकै भेटमा माेहित या घृणित जे पनि पार्न सक्छ । तर मानिसको व्यवहार एउटा यस्तो चिज हाे जसले तपाईं एकअर्काको बिचमा भेट नभईकन पनि एकअर्कालाई चिन्न सक्नु हुन्छ । अनुहार राम्रो छ भने तपाई कसैको मष्तिष्कमा सजिलैसँग बस्न सक्नु हुन्छ । कसैले तपाईंको अनुहार राम्रो देखेर आँखामा सजाउन सक्ला तर व्यवहार र चरित्र राम्रो छ भने तपाईं हरेककाे मनमुटु र ढुकढुकिमा सजिन सक्नु हुने छ । तपाईंको सुन्दर अनुहार उमेरकाे बृद्धिसँगै चाउरि परेर कुरुप हुन्छ तर तपाईंको चरित्र राम्रो छ व्यवहार राम्रो छ र यसलाई राम्रो राखिरहने दृढता राख्नु भयाे भने निश्चयपनि याे जिवन्त सुन्दर रहिरहने छ । तसर्थ तपाईंको सुन्दर अनुहारको कारण तपाईं कसैकाे सम्झनामा बस्नु भएकाे रहेछ भने उसले समयकाे बेगसँगै तपाईंको सम्झनालाई पनि भुलि दिने छ र अर्को कुनै सुन्दर अनुहारलाई आँखामा सजाउने छ ।मान्छे अनुहारको सुन्दरता परिवर्तन गर्न रुपैयाँकाे खर्च गर्छ तर सजिलोसँग दृढता राखेर परिवर्तन गर्न सकिने आफ्नो व्यवहार परिवर्तन गर्न चाँहदैन । किनकि उसलाई कसैकाे मनमा छणिककाे लागि सजिनु छ र बाहिरिनु छ । व्यवहारले तपाईंलाई टाढा टाढा सम्म पनि चिनाउने छ सदैव तपाईंकाे सचरित्रकाे हरेकले प्रसंसा गर्नेछन् । अब कुन बाटाे राेजेर अघि बढ्ने त्यो त मान्छेकाे आफ्नो साेच हाे । अरुको आँखामा सजिन चाहनु हुन्छ भने अनुहार सुन्दर पार्न तिर लाग्नुहाेस मनमा सजिन चाहनु हुन्छ भने व्यवहार सुन्दर पार्न तिर लाग्नुहाेस । अनुहार नराम्रो भएनि व्यवहार राम्रो भयाे भने हरेककाे मन जित्न सक्नु हुन्छ तसर्थ अनुहार नराम्रो भयाे भनेर चिन्ता गर्नु भन्दा व्यवहार राम्रो बनाउने काेसिस गर्नु नै तपाईंको उत्तम उपाय हुनेछ ।
Friday, 21 November 2014
अफ्रिकामा पनि यस्तो छ यातायातकाे साधन
२०७१-८-६
हेर्दा दुरुस्त दक्षिण ललितपुरकाे यातायातका साधन जस्तो देखिने ट्रक यतायात दक्षिण अफ्रिकी देश माेजाम्बिकमा पनि रहेछ । पिपुल्स डेल्लि चाईनामा नाेभेम्बर 20 मा छापिएको समाचार पढ्दा दक्षिण ललितपुर यात्रा गर्दा भाेगेका पिडामा मलम पट्टि लगाउन सहयोग पुग्यो। हामिले जस्तै पीडा भाेग्ने अरु काेहि छैनन् हाेला भन्दै यात्रा गरेका यात्रुका कुरा सुनेर आजित मेराे मनले अन्य देशमा पनि यस्तो अवस्था रहेछ भन्ने थाहा पाउँदा चुप रहन सकेन र यसलाई यहाँ सभार गरि प्रस्तुत गरेकाे छु । दक्षिण ललितपुरका अधिकांश मान्छेहरुकाे यातायातका साधनको रुपमा प्रयोग हुने दूध बाेक्ने गाडिकाे दुरुस्त झल्को मेटाउने याे यातायात नेपाली जनता झैं पीडा बाेकेका अफ्रिकी जनताकाे हाे ।दक्षिण अफ्रिकी देश माेजाम्विककाे मापुटाे शहरबाट यात्रुहरु यसरी ट्रकमा यात्रा गर्छन् ।
धेरै सेक्स गरे क्लास टेस्ट फेल हुन्छन् किशोरी
एजेन्सि/स्कुल बंक गर्नु, टेस्टमा फेल हुनु र बिना कन्डोम सेक्स गर्ने कुराका बिचमा इन्डियाना यूनिभर्सिटीले एक अध्ययन गरेको छ । यस यूनिभर्सिटीले १४ देखि १७ बर्ष उमेरका किशोरीहरूको ८० हजार डायरीको गरेर एक नयाँ कुराको दावी गरेको छ । जसमा यस्ता किशोरीहरू धेरै सेक्स गर्ने कुराको खुलासा भएको छ ।
टीन एजर्स किशोरीहरूका बिचमा गरिएको एक प्रकारको यो पहिलो सर्भे भएको बताइएको छ । यस अध्ययनका क्रममा ती किशोरीहरूको स्कूलको दिनचर्या र उनीहरूको सेक्सु अल रिलेशनका बीचमा एक अहम कुराको खोजी गरिएको छ । ‘द जर्नल अफ एडोलिसेन्ट हेल्थ’ ले यो अध्ययन गरेको हो ।
यस अध्ययनलाइ १० बर्ष लगाएर पुरा गरिएको थियो । अध्ययनमा ३ सय ८७ किशोरीहरूको डायरीलाइ भने बिशेष अध्ययन गरिएको थियो । जसबाट रोमान्टिक र फिजिकल रिलेशनलाइ लिएर उनीहरूको व्यवहारलाइ बुझ्ने कोशिस गरिएको थियो । अध्ययनमा सहभागी किशोरीहरूले आफ्नो दैनिक व्यवहारलाइ अध्ययनकर्ताहरूसंग शेयर गरेका थिए ।
अनुसन्धानका प्रमुख देवन जे हेन्सलले बताए अनुसार अध्ययनबाट के पाइयो भने जो किशोरीहरू स्कूल बंक गर्दछन वा टेस्टमा फेल हुन्छन, यस्ता युवतीहरू टेस्टमा फेल भएका दिन बिना कन्डोम सेक्स गर्ने गरेको मामला धेरै नै देखिएको छ । यस अध्ययनमा यो पनि दावी गरिएको छ कि किशोरीहरू जो सेक्सको मामलामा सुरक्षा अपनाउँदै शारीरिक सम्बन्ध राख्दछन, उनीहरूको पढाई-लेखाई पनि सफल हुने सम्भावना धेरै रहेको देखिएको छ ।