एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एशियाकै धनाढ्यको जीवनशैली अपनाइरहेको : दि टेलिग्राफ
श्रावण ३१, काठमाण्डौ ।एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एशियाकै धनाढ्यको जीवनशैली अपनाइरहेको समाचार विश्व कै चर्चित् सञ्चार माध्यम बेलायतको टेलिग्राफ पत्रिकाले छापेको थियो ।
लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि उक्त पत्रकाले यो तथ्य खुलासा गरेका थिए । यसबाट एमाओवादी अध्यक्ष प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोपमात्र पुष्टि भएको छ । दि टेलिग्राफले प्रचण्डको जीवनशैली खरबपतिको जस्तो भन्दै विशेष आलेख नै छापेको थियो । उनको जीवनशैलीका बारेमा पार्टीभित्रै पनि पटक पटक प्रश्न उठेपछि छानबिन समिति समेत बनेको थियो ।
टेलिग्राफमा डीन नेल्सनले लेखेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्ड, जो कुनै समय नेपालका राजनीतिक र फौजी सम्भ्रान्तहरूको मुटुमा ढ्यांग्रो ठोक्ने हैसियत राख्थे अहिले तिनै नेता खरबपतिका जस्तो शाही खानदानी जीवनशैली अपनाइरहेका छन् ।
काठमाडौंको लाजिम्पाटमा रहेको रातो ईंटाको बिलासी घरमा उनी बस्छन्, जहाँ उनका छिमेकी बनेका छन् उनकै पूर्व वर्ग शत्रु जनरल शान्तकुमार मल्ल । अवकाशप्राप्त जनरल मल्ल पूर्वराजा वीरेन्द्रका सैन्य सल्लाहकार हुन् । प्रचण्ड बस्ने घरको कम्पाउण्डभित्र १५ वटा स्वीट रुम, अफिस र पारिवारिक आवासगृह मात्र छैन दशवटा कार अट्ने पार्किङ छ ।
त्यहीँभित्र ब्याडमिन्टन कोर्ट पनि छ । परिवारका अनुसार त्यो भवन प्रतिमहिना आठसय डलरमा भाडामा लिइएको छ । जुन रकम नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो ।’ यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको बताइएको छ ।
त्यस्तै एमाओवादी पार्टीकी नेतृ हिसिला यमी नेपालकै सबैभन्दा भ्रष्ट महिला भएको समाचार पनि सार्वजनिक भएको छ । यी समाचार नेपालका संचारमाध्यमले वा एमाओवादी बिरोधीहरूले प्रवाह गरेका होइनन् । विश्वकै चर्चित र तथ्यमा आधारित समाचार तथा बिचार प्रवाह गर्ने चर्चित अमेरिकी अखवार न्युयोर्क टाइम्स र बेलायतको टेलिग्राफ पत्रिकाले लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि यो तथ्य खुलासा गरेका हुन् ।
यसबाट एमाओवादी अध्यक्ष प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोपमात्र पुष्टि भएको छैन, बाबुराम भट्टराई पत्नी हिसिला यमी दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा चढेको चर्चाले पनि सत्यता पाएको छ । करीव एक साताको नेपाल बसाइ र बिभिन्न व्यक्ति तथा संस्थासँगको छलफल तथा अध्ययनपछि न्युयोर्क टाइम्सका संवाददाताले हिसिला यमी नेपालकै भ्रष्ट महिलामा परेको प्रष्ट पारेको छ । न्युयोर्क टाम्इसका गार्डिनर ह्यारिसले हालै नेपाल सन्दर्भमा लेखेको विश्लेषणमूलक समाचारमा हिसिला यमी स्वयंले आफू नेपालकै भ्रष्ट महिला भएको आरोप लागेको र जनतालाई खण्डन गर्दा पनि नपत्याएको स्वीकार गरेकी छन् ।
उनले विगतमा आफूहरूले धम्क्याएर, लुटेर तथा जबर्जस्ती गरेर पैसा उठाएको भएपनि अहिले त्यो अवस्था नरहेको र आफूहरूले पैसा नउठाएको दावी गरेकी छन् । नेपालकी पूर्व प्रथम महिला हिसिला यमीमाथि दक्षिण एशियाकै भ्रष्ट महिलाको आरोप लागिरहेको सन्दर्भमा न्युयोर्क टाइम्सले उनैलाई सोधेको रहेछ । यमी भन्छिन् ‘तपाईहरूले अखबरहरू हेर्नुभयो होला, मान्छेहरूसँग कुरा गर्नुभयो होला मलाई नेपालकै भ्रष्ट महिला भन्छन् ।
मैले त्यसो होइन भनेर जनतालाई भन्दा पनि उनीहरू पत्याउँदैनन्’। त्यसो त यमीलाई काठमाडौं ७ का मतदाताले भोट माग्न जाने क्रममा भ्रष्टाचारी भनेर दुत्कारेपछि उनले कान समातेर माफी समेत मागेको फोटो नै सार्वजनिक भएको छ । हिसिला यमीले आफू मन्त्री हँुदा भन्दा पति बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा करोडौं रकम जम्मा गरेको आरोप लाग्ने गरेको छ । प्रहरी हवल्दार सरुवा गर्दा समेत घुस लिएकोदेखि प्रहरीका ठूला हाकिमको सरुवा बढुवामा करोडसम्म असुलेको आरोप उनीमाथि छ । त्यतिमात्र होइन बिभिन्न संस्थानका हाकिम नियुक्तिमा पनि उनले लाखौं रुपैयाँ असुलेको र पैसा बिना कार्यकर्ताको कामसमेत नभएको भनेर त्यतिबेलै एमाओवादीमा चर्को कुरा उठेको थियो ।
यही बिषयलाई न्युयोर्क टाइम्सले पनि अनुन्सधानको दायरामा राखेको थियो । हालै केही नेपाली संचारमाध्यमले हिसिलालाई दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा राखेपछि उनको चर्चा चुलिएको हो । तर हिसिलाको स्पष्टीकरण भने यस्तो रहेछ ‘मान्छेहरू मलाई भ्रष्ट भन्छन्, मसँग करोडौं रुपैयाँ छ, कार र बंगला छन् भनेर सोच्छन् । मैले मेरो पति प्रधानमन्त्री हुँदा सघाएकी हुँ तर मान्छेहरूले पैसा उठाई भने ।’
No comments:
Post a Comment