Translate

Saturday, 25 July 2015

के हुन् त युवती ( व्यङ्ग्य लेख)

माया भएर पनि नभए झैँ गर्ने । कहिलेकाहीँ अधिक माया गरे झैं गर्ने । अनि फेरि लुकाएर राख्ने । कल्पना डुब्ने र भेट्दा लुसुक्क आँखा मार्ने । सायद यहि हाेला युवतीकाे परिभाषा । धेरै कुरा मनमा गुम्स्याउने र थाेरै मात्रै प्रस्फुटन गर्ने याे पनि युवतीकाे नियमित बानि भित्र पर्छन् हाेला । म जान्दिन के हाे युवती । मात्रै महशुस गर्न सक्छु कि युवती एक प्रेम रस दिने भान्से हुन् । अझै भनाैँ जिन्दगीको साहारा हुन । जन्मे देखि मृत्युकाे साथि नबनुन्जेल सम्म याद भराेसा र साहारा दिनेलाई पाे युवती भन्ने हाे कि !
फेरि मनमा अर्को द्वन्द सुरु हुन्छ । बिबाहित त महिला हुन युवती हैनन् । जस्तो कि आमा र श्रीमती त महिला भित्र पर्छन् नि । त्यसैले युवती भनेका त दुई दिनका पाहुना हुन । मात्रै आँखामा सजिने र आँसु सँगै बाहिरिने याे नै युवतिकाे वास्तविक परिभाषा हाे  । मनमा यस्तो धेरै कुरा खेलिरहेका छन तापनि काे हुन् युवती अझै पत्ता लाग्न सकेको छैन । जिन्दगी एक यात्रा र यहि यात्रामा भेटिने जवान केटीलाई युवती भन्ने हाे कि या सँगै यात्रा गर्न इच्छुक अबिबाहित केटीलाई युवती भन्ने हाे  म अझै दाेधारमा छु । धेरै प्रयत्न गरेँ वास्तवमा युवती काे हुन भनेर परिभाषित गर्न । तथापि अझै चित्तबुझ्दो उत्तर हातमा परेको छैन । त्यसैले लाग्छ कि युवती एक रहस्यमय चिज हुन् । जसको भित्री रहस्य बुझ्नै सकिँदैन या भनाैँ बुझ्ने हैसियत केटाहरु(युवकहरु)मा छैन । त्यसैले हाेला उ जहिल्यै भन्ने गर्थि तिमी मेरो भित्रि मन कहिल्यै बुझ्दैनाै । तर उसलाई केथा कि म उसको बाहिर बनावट त बुझ्न सक्ने हैसियतकाे मान्छे हैन अनि कसरी उसको भित्री मन बुझ्न सक्छु ।
म रुमलिएकाे छु युवतीकाे परिभाषा खाेज्ने धुनमा युवतिकाे भिड भित्र । थाहा छैन म कुन दिन याे जञ्जालबाट मुक्त हुन्छु । या मुक्त नभई यहि जालमा अल्झिएर मर्छु जसरि माकुरोकाे जालाेमा पुतली र झिँगा मरेका छन् । हाे म भित्र छु केही युवतीलाई बुझ्ने काेसिस गर्दै छु । या भनाैँ युवतिकाे रहस्य बाहिर ल्याउने धुनमा म स्वयंम रहस्यमय बन्दै छु ।
हिजो गाउँमा थिए । त्यहाँ पनि युवती नै थिए । आज शहरमा छु यहाँ पनि युवती नै देख्दै छु । हैन यी युवती नपुग्ने कुनै ठाउँ नै छैन कि के हाे? मनले प्रश्न गर्छ स्वयंम मनलाई नै । फेरि पार्कमा पुग्छु त्यहाँ पनि युवती देख्छु । हाेटलमा पुग्छु खाजा खान फेरि त्यहाँ पनि त्यहि युवतिकाे दृश्य देख्छु । अनि लाग्छ जिन्दगी यहि युवतिकाे पर्खाल भित्र छ जसरि जेलमा कैदिहरु बसेका छन् हाे म त्यसरि नै युवतिकाे घेरामा छु ।
अस्ति कलेज गएँ ब्याचलरकाे भर्ना गर्न । त्यहाँ पनि धेरै युवती देखेँ । अनि लाग्यो संसार युवतिकाे पञ्जामा छ । म उम्कने काेसिस गर्दै छु । तथापि सकिरहेको छैन । हिजो त जाेड नै गरेँ कि म याे युवतिकाे भिडबाट उम्कन्छु भनेर । अनि गए सुटुक्क जंगलमा ।  झन त्यहाँ त युवतिकाे जालमा डुबेका युवकहरु युवतीलाई समातेर हिँडिरहेका रहेछन् । अनि लाग्यो म मात्रै युवतिकाे जालमा परेकाे हैन रहेछु । म जस्तो धेरै छन जाे युवतीकाे रहस्य बुझ्न नसकेर युवतीलाई पिछ्या गरिरहेका ।
यसै बिच फेरि अर्को युवतिकाे याद आयो । उसलाई मैले आइए पढ्दा कलेजमा भेटेको थिए । सुन्दर नयन थिए, लाेभ लाग्दाे जवानी पनि झन सिल्कि कपाल मन उसै माथि बसेकाे थियो । धेरै चाेटि उसलाई बुझ्ने काेसिस गरेँ तर कहिल्यै सकिन । सायद यहीँबाट म असफल भइसकेको थिँए युवतिकाे मामिलामा ।

घरमा आमाले भन्नू हुन्थ्यो बाबू केटिबाट टाढा बस्नु । उनिहरुले सजिलै फसाउछन् । तर आमाले भने जस्तो सजिलो कहाँ रहेछ र युवतिबाट टाढा बस्न । घरबाट शहर निस्किए पछि अलिक पर बाटामा एउटि युवती शीत भेट भएको थियो । त्यो पनि राम्रि थिइ ।केही समय सँगै हिँडियाे तर बाेलचाल गरिन । किनकि आमाले भन्नू भएको थियो बाबू युवतीले सजिलोसँग फसाउँछन् ।

बस स्टेसनमा बस कुर्दै गर्दा धेरै युवती आवतजावत गरेको देखेकाे थिए । अनि  फेरि आमा सम्झिँए आमा पनि युवती नै हैनन् र? हैट लाटा आमा त बिबाहित महिला पाे हुन त युवती भनेका त अबिबाहित हुन नि मनले तुरुन्तै जवाफ दियो । हाे है म झसङ्ग भए ।बस आइपुग्यो म बसमा चढेँ लाष्टमा एउटा सिट खालि थियो तर दुबैतिर युवती थिए । आमा सम्झिँए, युवतीबाट टाढा बस भन्नुभएको छ ।अब त्यो सिटमा बसाैँ या उठेर यात्रा गराैँ ।  मनमा खुल्दुलि चल्न थाल्यो । सिट खालि छँदाछँदै उठेर यात्रा गराैँ त अरुले भन्लान् याे कस्तो बुद्दु रहेछ । फेरि सिटमा बसाैँ त दुबै तिर युवती छन् आमाको वचन नाघिन्छ । जे पर्ला आफ्नो इज्जत जाेगाउन पनि सिटमा बस्छु बुढिमाउलाइ केथा क्या उहाले देख्ने हाेर भन्ने जाेश आयो र सिटमा बसेँ । यात्रा रमाइलो रह्यो । मज्जा त सिटमा बस्नुमा नै छ । झन दुबै तिर युवती पापि मनले के के शाेच्छ । फेरि मनलाई कन्ट्रोल गरेँ आमा सम्झिएर । त्यो यात्रामा पनि युवतीबाट टाढा रहन सकिनँ ।

त्यसपछि डेरामा गएँ । घरवेटिकि छाेरि पनि रहिछन् । हे भगवान मलाई कहिँ कतै युवतीबाट टाढा राखेनाै है भगवानलाई गुहार्न थालेँ । हुन त केही विकल्प नभएसि मानिसले गुहार्ने भगवान नै हाे । फेरि भगवान सम्झने बितिक्कै पार्वती, सीता र सरस्वतीकाे याद आयो । हरे भगवान पनि युवती नै छन । अरे यार म कहाँ जाउँ युवतिबाट टाढा हुन ।
धेरै शाेचेँ अनि मर्छु बरु अनि टाढा हुन्छु कि भनेर बीष किन्न गएको त पसलमा फेरि युवती नै रहिछन् । अरे भगवान याे के हुँदै छ । म जहाँ गए पनि युवती मात्रै देख्छु । हैन साउनमा आँखा फुटेको गाेरुले सधैँ हरियो देख्छ भन्थे म पनि त्यस्तै हुँ र । कि मेरो आँखामा समस्या छ । एक चाेटि चेक गर्नु पर्‍याे भनेर आँखा हस्पिटल गएको त्यहाँ पनि नर्सहरु युवती नै रहेछन् । मेरो पालाे चेक नै नगरि फर्किए । अनि अब त केही विकल्प छैन झुन्डिएर मर्छु भनेर डाेरि बाेकेर हिँडेकाे त रुखमा स्याउला झार्दै गरेको अर्को युवती देखेँ । त्यहाँ पनि उहीँ पुरानो हालत भाे । त्यहाँबाट अलिकति पर गएँ घनघाेर जंगलमा । रुखमा पासाे लगाएर घाँटीमा बाँध्छु भनेको दुख्यो र फेरि आमाको याद आयो । आमाले सानाेमा खुब कथा सुनाउनु हुन्थ्यो । स्वर्गमा इन्द्र राजा छन् रे तिनको वरिपरि परिहरु हुन्छन् रे । अरे ती परि पनि त युवती नै हुन नि है । म मरेँ भने आखिर पुग्ने त स्वर्ग नै हाे । त्यहाँ पनि युवती नै हुन्छन् भने भाे मर्दिन भनेर फर्किएर आए । अनि युवतीबाट टाढा बस्न नसक्ने भए पछि एउटि युवती खाेजेर बिहे गर्ने निर्णय गरियो । र बिहे पनि गरेँ ।
आज यस्तो लाग्दै छ जिन्दगी युवती बिना अधुरो छ । सुरुवात र अन्त्य युवतीमै हुन्छ । आमा पनि कुनै दिन युवती नै हुनुहुन्थ्यो र मैले बिहे गरेको मेरि श्रीमती पनि युवती नै थिइन्  र अहिले जन्मेकि मेरि छाेरि पनि युवती हुन्छिन् । याे बदलिँदो समय सँगै मान्छे बदलिनु पर्दाे रहेछ ।त्यसैले अहिले त लाग्छ युवती भनेका साहारा हुन या भनाै युवती जिन्दगीको अर्को नाम हाे ।

के छ त हिन्दु धर्ममा पढ्नुस् लेख


संविधानसभाका लागि गाउँ–गाउँमा सुझाव संकलन गर्न जाँदा करिब ९० प्रतिशत मानिसले नेपाललाई पुन: हिन्दु धर्म राष्ट्रसहितको संविधान जारी गर्न सुझाव दिए । तर १० प्रतिशतले धर्मनिरपेक्ष राष्ट्र नै हुनुपर्ने बताए । तै पनि १० प्रतिशतले दिएको सुझाव ९० प्रतिशतको सुझावका अघि निरीह भयो । संसारमा कतै नभएको यो घटना नेपालमा घटिरहेको छ । यसका कारण सबैलाई थाहा छ, तै पनि केही नयाँ तथ्यहरु पनि खोल्न चाहन्छु ।

१) धेरैले भन्छन्, नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर निरपेक्ष बनाउन पश्चिमी मुलुकले पैसा दिए । तर कुरा त्यति सजिलो छैन । यसका लागि करिब २५ वर्ष (२०४६ सालपूर्व) देखि तयारी गरिएको थियो । यसमा पश्चिमी मुलुक मात्रै होइन, भारतको कांग्रेसआई निकट कर्मचारीतन्त्र पनि सक्रिय भएको थियो । अर्थात पश्चिमी मुलुकले एक साथ भारत, नेपालका कम्युनिस्ट नेता र कतिपय कांग्रेसका नेताहरुलाई अघि बढाएका थिए । आज कांग्रेस र एमालेमा त्यस्ता व्यक्ति बढि लोकप्रिय देखिन्छन्, जसले धर्मनिरपेक्षताको वकालत गर्छन् । ती व्यक्ति किन लोकप्रिय बनाइए ? किनभने उनीहरुलाई भोलीको धर्मनिरपेक्ष मुलुकको नेता बनाउनु थियो ।

२) तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले धेरै संस्कृत विद्यालय, महाविद्यालय त जलाए नै संस्कृत पढ्ने विद्यार्थी र पढाउने शिक्षकलाई कारवाही गरे । उनीहरुलाई संस्कृत भाषाभित्र अथाह ज्ञान छ भन्ने थाहा नभएको होइन तर पश्चिमा राष्ट्रलाई विश्वास नलिई आफ्नो युद्ध अघि बढ्दैन, बढ्यो भने पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा खेप्नु पर्छ भन्ने राम्ररी थाहा थियो । माओवादीहरुले धर्मनिरपेक्षताको मुद्दा ल्याउनु नै भोलीका दिनमा आफू कारवाहीबाट बच्नु थियो । उनीहरुको आजको व्यवहारबाट पनि कुरा छर्लङ्ग भएको छ ।

३) नेपालमा धर्मनिरपेक्षताको कुरा बहसमा आउनुको मुख्य कारण नेपालका नालायक तथाकथित धर्मगुरुहरु हुन् । हिन्दु धर्मभित्रका योग, ध्यान, आचरण र देशविकासका कुरा यी धर्मगुरुले कहिलै गरेनन् । न त यिनीहरुले हिन्दु धर्मभित्रका छुवाछुत, अत्याधिक झमेलायुक्त कर्मकाण्ड, सडेगलेका स्वास्थानी जस्ता वाहियत धर्मकथा, पुराण भन्ने लोभी–पापी पण्डीतहरुको नै विरोध गरे । यिनै तथाकथित धर्मगुरुका कारण नेपाली हिन्दुहरु भारतीय गुरुको शरणमा जानुपर्‍थ्यो, जानु परिरहेको छ । यी धर्मगुरुहरुले भारतका लागि धेरै गरे तर नेपालका लागि केवल उपदेशात्मक ज्ञान मात्र दिए । यसले नेपालीहरुलाई हिन्दु धर्मतर्फ फ्रस्टेसन पैदा गर्‍यो ।

४) हिन्दु धर्मभित्रका योग, ध्यान र संस्कृत भाषाभित्रको अथाह विज्ञान पश्चिमा राष्ट्रले प्रयोग गरिरहेका छन् । नासा लगायत पश्चिमा विज्ञान केन्द्रहरुमा बेद र उपनिषद्मा भएका ज्ञानहरुबारे धेरै अनुसन्धान भैरहेको छ । पिपलको पातदेखि तुलसी र गाईका विशेषताबारे उनीहरुले मोटा मोटा पुस्तक लेखिसकेका छन् ।
नेपालमा भने हिन्दु धर्मको बोक्रो कुराहरु मात्र प्रयोग भएको र उनीहरुलाई सजिलै मोड्न सकिन्छ भन्ने कुरा उनीहरुले बुझेका थिए । अर्को तर्फ नेपाली धर्मगुरुहरु यति नालायक निस्किए कि यीनीहरु प्रति कुनै श्रद्धा नै उत्पन्न सकेन । अर्थात गतिलो धार्मिक नेता नै जन्मन सकेन ।

५) सबैभन्दा दुर्भाग्य कुरा के भयो भने सबैभन्दा अलोकप्रिय नेताले हिन्दु धर्मको मुद्धा बोकिदियो, त्यो पनि राजसंस्था सँगै जोडेर । जब अन्तरीम संविधानमा धर्मनिरपेक्ष शब्द पर्‍यो त्यसको विरोधमा बोल्ने कुनै लोकप्रिय व्यक्ति बाँकी रहेन । आम जनता अलमल्ल परे । धेरै सञ्चारमाध्यम उहिल्यै विदेशीको प्रभावमा परिसकेका थिए । हिन्दु धर्मका पक्षमा लेख्ने–बोल्ने लेखक–पत्रकारहरु थाहै नपाई पाखा पारिसकिएका थिए र उमेरले कच्चा, हिन्दु धर्मभित्रका गहन कुरा नबुझ्ने काँचा पत्रकारहरु शक्तिमा आइसकेका थिए । सबैभन्दा रमाइलो कुरा कसैले हिन्दु धर्मका बारेमा लेखिहाल्यो भने विरोध गर्ने सयौं बौद्धिक सयौं व्यक्तिहरुलाई विभिन्न छात्रबृद्धि दिएर विदेशमा पढाएर तयार बनाइएको थियो । आज जुँगामा रेखी बसेका पत्रकारले धर्म भनेको के हो भनेर उपदेश दिएको लेख लोकप्रिय पत्रिकाहरुमा पढ्न पाइन्छ । धर्मकै विषयमा वर्षौ अनुसन्धान गरेका पाकेका व्यक्तिहरुलाई प्रतिगामीको लेवल लगाइएको छ ।

६) यी सबै कारणले अब नेपाल हिन्दु राष्ट्रका रुपमा रहनेछैन भन्ने कुरा प्रष्ट छ । तर केही हिन्दु अतिवादीहरु यसैमा राजनीति गर्न खोजिरहेका छन् । भारतको एउटा वर्ग र पश्चिमा राष्ट्रहरुले चाहेको पनि यहि नै हो । त्यसैले यी अतिवादीहरुलाई पनि भारतका विभिन्न धार्मीक केन्द्रले सघाउन थालेका छन् । किनभने नेपालमा जात र धर्मका कारण जति अस्तिरता हुन्छ, चीन र भारतका बीचमा बसेर खेल्न पाइन्छ । यसले देशका केही नेता, कर्मचारी तन्त्र, भारत र पश्चिमा राष्ट्रलाई फाइदा हुन्छ । यो कुरा चीनले नबुझेको होइन । उ पनि चुप लागेर बस्दैन । फलस्वरुप हामी कोही चीनका, कोही भारतका, कोही युरोपीयन युनियनका, कोही चर्चका, कोही गुम्बाका, कोही मस्जिदका र कोही हिन्दु धर्मका अखडाका गोटी बन्न पुग्छौ । आखिर २५ वर्ष अघि रचिएको चक्रब्युहमा नेपाली मज्जाले परेका छन् । अब महाभारतमा जसरी अभिमन्यु चक्रब्युहमा मारिए, हाम्रो धर्म र संस्कृति त्यसैगरी मर्नेछ ।

के छ त उपाय ?
आफ्नो धर्म, संस्कृतिका गलत कुराको विरोध र हिन्दु धर्मका ध्यान–योग, आचरण र व्यवहारको प्रयोग गरेर आफूले आफूलाई चिन्नु बाहेक अर्को कुनै उपाय छैन । हामीले गतिलो आध्यात्मिक नेता जन्माउन सकेनौ तर आफै त्यो ठाउँमा पुग्ने र यी सबै कुरा बुझेर नेपालीलाई कसैको गोटी बन्न बाट जोगाउने र आफ्ना राम्रा कुराको प्रयोग गर्न हामीलाई कसैले रोक्न सक्तैन । अब अरुतिर होइन, आफू तर्फ फर्कन सक्छौं ।
साभार आश्विनि काेइरालाकाे फेसबुक बाट

Wednesday, 22 July 2015

गजल

यादहरुलाई नाै डाँडा कटाउने तयारीमा छु ।
अन्तिम पत्र तिमिलाई पठाउने तयारीमा छु ।

अरु नै काेहि बस्दै छ अब याे दिल भित्र
तिम्रो तस्बिर सुस्तरि हटाउने तयारीमा छु ।

प्रेम पत्र भर्दै छु म सायरि र गजलहरुले
कस्तो हुन्छ साहित्य चटाउने तयारीमा छु ।

हिजाे तिमिले सिकायाै मायाका मिठाे कुरा
अब उसलाई त्यहि रटाउने तयारीमा छु ।

बसेकि थियोे  तिमी सबै दिल ओगटेर
दिलकाे स्थान तिम्रो घटाउने तयारीमा छु ।

Sunday, 19 July 2015

मुक्तक


तिम्रो पिछा गर्दा गदा जस्तो ।
भयो मन जिर्ण सम्पदा जस्तो ।

यहि ताल भए कसरी घरबार चल्छ र
हाम्रो झगडा पर्छ सदा जस्तो ।

Saturday, 18 July 2015

गजल

भगवानसँग धन माग्छन् घण्टी बजाएर ।
अरुको जीवन माग्छन् घण्टी बजाएर ।

यहाँ त जिउन पनि फेसन चाहिन्छ रे
नाैलाेनाैलाे पन माग्छन् घण्टी बजाएर ।

बाहिर उफ्रिन्छन् खेल खत्तम भयो भन्दै
विकेट अनि रन माग्छन् घण्टी बजाएर ।

मान्छे आफू कठाेर भए पनि यहाँ
माया गर्ने मन माग्छन् घण्टी बजाएर ।

भगवानकै हातमा सबथोक भए जस्तो
अर्काको तन माग्छन् घण्टी बजाएर ।
दिपेन्द्र परिवर्तित
सोझासाझा रूचाउँदैनन् आजकलका केटी
ट्यापे अनि डन माग्छन घन्टी बजाएर।
Manu di

Wednesday, 15 July 2015

गजल

चट्ट कपाल अगाडि झारेर आउनु ।
काेहि नभएको माैका पारेर आउनु ।

नमाने घरमा भाग्नु पर्ने हुनसक्छ
बाउ आमाको माया माेरेर आउनु ।

साेधलान् कसैले कता हिँडेको भनी
साथि भेट्न भनी टारेर आउनु ।

हृदयमा अरु पस्न पनि सक्छन्
मेरो प्रेमले मुटु बारेर आउनु ।

यदि छ भने धनकाे घमण्ड
सात समुन्द्र पारि तारेर आउनु ।

Saturday, 11 July 2015

मुक्तक

दिल्ली जाउ, जाउ वासिङ्टन डिसि ।
गर्दै नेपाली स्वाभिमानकाे खिसि ।

जनताले चुनावमा बडार्दिन्छन् नेता ज्यू
अनि तान्नु रनाहामा ह्विस्किकाे सिसि ।

मुक्तक

मुक्तक भन्छन् कि नाई :::::::
हृदय छेड्ने त्यो पिनहरुकाे  ।
मन तान्ने सुन्दर सिनहरुकाे 

यहाँ हरेक कुरामा हालिमुहालि छ
भाे कुरा नगर भर्जिनहरुकाे ।

गजल

खानु र पिउनु फरक कुरा हाे ।
मर्नु अनि जिउनु फरक कुरा हाे ।

तिमिले बाटो माेडेर गएसि
अरु दिलमा लिउनु फरक कुरा हाे ।

काेमल दिल कसैले ताेडेर हिँडे पछि
बाध्यताले सिउनु फरक कुरा हाे ।

कसैले मुटु दिन्छ भने प्रेममा
आफ्नो हड्डी खिउनु फरक कुरा हाे ।

गजल

भेटाउने र छुटाउने एउटै दाेबाटाे ।
मिलन र बिछाेड जिन्दगीको पाटाे ।

तिमिले म माथि अविश्वास गर्दा
आएको हाे हाम्रो मायामा फाटो ।

तिम्रो त प्रेमि अर्को पनि थियो
त्यति धेरै मलाई नसम्झ लाटो ।

तिम्रो अघि केही गरेर देखाउछु
अब हुनेछ बिहे गरेर साटो ।

तिम्रो त माया धेरैकाे जुठो रैछ
नभन्नु है अरुलाई उसले नि चाटाे ।

Thursday, 9 July 2015

गजल

भन के दिन्छ  शहरले तिमिलाई ।
राेजेकाे छु आज रहरले तिमिलाई ।

कत्तिको नशा पिउने बानि छ
छुन्छ कि छुन्न जहरले तिमिलाई ।

मायाको सागरमा डुब्ने रहर भए
रुझाई दिन्छु प्रितकाे नहरले तिमिलाई ।

कत्ति सम्बाेधन गर्नु पत्रहरुमा मेरि प्रिय
व्याख्या गर्छु गजल बहरले तिमिलाई ।

Tuesday, 7 July 2015

गजल

काेहि आउछन् काेहि जान्छन् मन्दिरहरुमा ।
मुर्ति छुँदै कसम खान्छन् मन्दिरहरुमा ।

घुम्दै डुल्दै लठारिँदै मन्दिरमा पुगे जाेडि
भगवान पुजाैँ भन्दै तान्छन् मन्दिरहरुमा ।

बाेकेर भाकलहरु नानाथरी सपनाको
पाति अनि भेटि लान्छन् मन्दिहरुमा ।

भक्तिले पुकार गरे सबथोक पाईन्छ भन्दै
मान्छे आफू भिखारि मान्छन् मन्दिरहरुमा ।

अल्लाह जिसस बुद्ध शिव सबै भगवान न हुन्
आखिर किन ढुङ्गा हान्छन् मन्दिरहरुमा । 

Sunday, 5 July 2015

गजल

कसैलाई माया गर्नु भुल हुन्छ र???
पुज्दैमा पत्थर कहिल्यै फुल हुन्छ र ???

भन्छ्याै त्यो हृदयमा मेरो लागि प्रित छ
ढुङ्गामा नि पानिकाे मुल हुन्छ र???

यहाँ धेरै हतियार फलामकाे नै बन्छन्
तर सबै फलामहरु त्रिशूल हुन्छ र ???

सबै मान्छे समान हुन्छन् भन्छ्याै तिमी नै
उसाे भए फरकफरक कुल हुन्छ र ???

खाेज्छ्याै तिमी गाउँमा शहरकाे झैं आसन
झुपडीमा कहिल्यै बस्ने टुल हुन्छ र???

दिपेन्द्र परिवर्तित

Wednesday, 1 July 2015

गजल

धेरै नजलाउ दिल खरानी हुनसक्छ ।
जलेरै बाँच्ने मेरो बानि हुनसक्छ ।

गाउँमा हल्ला नफिँजाउनु धेरै तिमिले
पछि हामी दुबैलाइ हानि हुनसक्छ ।

साेच्या हाैलि यसले अरु भेट्दैन
रहर भए बिहे छानिछानि हुनसक्छ ।

बाहिर हेर्दा घामण्डि भए पनि मान्छे
दिल भित्र मायाको खानि हुनसक्छ ।

काेहि रुखाे स्वभावकाे भए पनि
मन भने साह्रै दानी हुनसक्छ ।

दिपेन्द्र परिवर्तित